१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ लाओसविरुद्ध नेपालको सुरुवाती–११



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप एसियाली छनोट खेलको लागि नेपालले लाओससँगको को सुरुवाती ११ सार्वजनिक गरेको छ ।

नेपाली टोलीका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालको सुरुवाती ११ घोषणा गरेका हुन् ।

नेपालको डिफेन्समा रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ र आशिष चौधरी रहँदा मिडफिल्डमा लाकेन लिम्बु, आयुष घलान, र आवास लामिछाने तथा फरवार्डमा अन्जन विष्ट, मनिष डाँगी र जिलेस्पे जंग कार्की रहेका छन् ।

दुवै टिम पहिलो चरणमा जित निकाल्दै दोस्रो चरणमा आफूलाई सुरक्षित गर्न चाहन्छन् । दोस्रो चरणमा पुग्ने टोलीले एसियाका शीर्ष देशसँग होम एण्ड अवेका आधारमा छनोट खेल्ने अवसर पाउनेछन् ।

यो खेल क्यानाडा, अमेरिका र मेक्सिकोमा २०२६ मा हुने विश्वकपको सुरुवाती चरणको छनोट खेल हो । राउण्ड-२ आगामी साता लाओसमा हुनेछ । दुई लेगमा उत्कृष्ट रहने टिम दोस्रो चरणमा पुग्नेछ । फिफा वरियतामा लाओस एक सय ८६औँ र नेपाल एक सय ७५औँ स्थानमा छन् ।

नेपालको सुरुवाती ११:

किरण चेम्जोङ्ग (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ्ग, रोहित चन्द, आशिष चौधरी, लाकेन लिम्बु, आवास लामिछाने, मनिष डाँगी, आयुष घलान, अन्जन विष्ट, जिलेस्पे जंग कार्की