१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहका कर्मचारीहरुको माग अविलम्व पूरा गरियोस्: सांसद थापा



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरुको माग अविलम्ब पुरा गर्न सरकारसँग माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद थापाले स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण स्थानीय तह ठप्प भएको बताउनुभएको हो ।

उहाँले कर्मचारीहरुको जायज मागहरुलाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि सरकार समयमै गम्भिर हुन नसकेको बताउनु भयो । उहाँले इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडी बढ्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धारमा सरकार समयमै गम्भिर हुन नसक्दा र नागरिकहरुको चित्कार र रोदनको सुनुवाइ हुन सकेन । सरकार पहलकदमी विहिन र प्रचारमुखि कार्यमा सिमित रह्यो । अहिले केही पहलकदमी लिएको छ । हमास र लडाकुहरुबिच युद्ध लम्बिने सम्भावना रहेको हुँदा मध्यपूर्वको शान्ति स्थापनाको कार्यमा संयुक्त राष्ट्रसंघको दुई राष्ट्र स्थापनाको प्रश्ताव अनुरुप समाधान खोज्न तथा इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडी बढ्न म नेपाल सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गर्न चाहान्छु ।

स्थानीय तहका कर्मचारीहरु असोज १४ गतेदेखि आन्दोलनमा छन् । स्थानीय तहका कामहरु ठप्प छन् । तिनको जायज मागहरु सम्बोधन गर्नेगरी सहमती र सम्झौता गर्न सरकारले किन वास्ता गरिरहेको छैन । उल्टै दमनमा उत्रिएको छ । म स्थानीय तहका राष्ट्रसेवकहरुका जायज माग अविलम्ब सुन्न सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद थापाले नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरको भ्रमणको सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने बताउनु भयो ।