२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित क्षेत्रबाट बालबालिका लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश सुदूरपश्चिममा मानवअधिकार संरक्षणमा बहुआयामिक चुनौती गुल्मीमा ३८ जातका कफीको परीक्षण कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना विस्थापित बालबालिकालाई विद्यालय शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार भोटेकोशी बाढी उद्धारमा चीनले दिएको भारी क्षमताका ड्रोन परिचालन बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो रेकर्ड तोडेपछि गेलले दिए रोहितलाई अनौठो तरिकाले बधाई



अ+ अ-

एजेन्सी । भारतीय टोलीका कप्तान रोहित शर्माले बुधबार अफगानिस्तानविरुद्धको विश्वकप २०२३ को ९औं खेलमा इतिहास रचेका छन् ।

रोहित शर्माले ८४ बलमा १६ चौका र पाँच छक्का प्रहार गर्दै १३१ रन बनाएका थिए र यसै क्रममा उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने विश्व कीर्तिमान बनाएका थिए ।

रोहित शर्माले वेस्ट इन्डिजका पूर्व ओपनर क्रिस गेलको कीर्तिमान तोड्दै यो उपलब्धि हासिल गरेका हुन् । क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेटमा ५५१ इनिङ्समा ५५३ छक्का प्रहार गरेका थिए । भारतीय कप्तानले ४७३ इनिङ्समा ५५६ छक्का प्रहार गरेका छन् ।

युनिभर्स बोस भनेर चिनिने क्रिस गेलले रोहित शर्मालाई आफ्नो कीर्तिमान तोडेकोमा बधाई दिएका छन्, जसमा भारतीय कप्तानले उत्कृष्ट जवाफ फर्काएका छन् । रोहित शर्माको जवाफलाई फ्यानले निकै रुचाइरहेका छन् ।

क्रिस गेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बधाई छ रोहित शर्मा। अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गरे । नम्बर ४५ विशेष छ ।’ यो पोस्टमा रोहित शर्माले जवाफ दिए, ‘धन्यवाद क्रिस गेल । हाम्रो पछाडि ४ र ५ छ, तर हाम्रो मनपर्ने नम्बर ६ हो ।’

बीसीसीआईले रोहित शर्माको एक भिडियो पोस्ट गरेको छ, जसमा भारतीय कप्तानले आफ्नो करियरको शुरुवाती अवधिमा यति धेरै छक्का प्रहार गर्छु भनेर नसोचेको उल्लेख गरिएको छ ।

भारतीय टोलीले विश्वकप २०२३ मा अहिलेसम्म आफ्ना दुवै खेल जितेको छ र अब अक्टोबर १४ मा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्नेछ । यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।