२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो रेकर्ड तोडेपछि गेलले दिए रोहितलाई अनौठो तरिकाले बधाई



अ+ अ-

एजेन्सी । भारतीय टोलीका कप्तान रोहित शर्माले बुधबार अफगानिस्तानविरुद्धको विश्वकप २०२३ को ९औं खेलमा इतिहास रचेका छन् ।

रोहित शर्माले ८४ बलमा १६ चौका र पाँच छक्का प्रहार गर्दै १३१ रन बनाएका थिए र यसै क्रममा उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने विश्व कीर्तिमान बनाएका थिए ।

रोहित शर्माले वेस्ट इन्डिजका पूर्व ओपनर क्रिस गेलको कीर्तिमान तोड्दै यो उपलब्धि हासिल गरेका हुन् । क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेटमा ५५१ इनिङ्समा ५५३ छक्का प्रहार गरेका थिए । भारतीय कप्तानले ४७३ इनिङ्समा ५५६ छक्का प्रहार गरेका छन् ।

युनिभर्स बोस भनेर चिनिने क्रिस गेलले रोहित शर्मालाई आफ्नो कीर्तिमान तोडेकोमा बधाई दिएका छन्, जसमा भारतीय कप्तानले उत्कृष्ट जवाफ फर्काएका छन् । रोहित शर्माको जवाफलाई फ्यानले निकै रुचाइरहेका छन् ।

क्रिस गेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बधाई छ रोहित शर्मा। अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गरे । नम्बर ४५ विशेष छ ।’ यो पोस्टमा रोहित शर्माले जवाफ दिए, ‘धन्यवाद क्रिस गेल । हाम्रो पछाडि ४ र ५ छ, तर हाम्रो मनपर्ने नम्बर ६ हो ।’

बीसीसीआईले रोहित शर्माको एक भिडियो पोस्ट गरेको छ, जसमा भारतीय कप्तानले आफ्नो करियरको शुरुवाती अवधिमा यति धेरै छक्का प्रहार गर्छु भनेर नसोचेको उल्लेख गरिएको छ ।

भारतीय टोलीले विश्वकप २०२३ मा अहिलेसम्म आफ्ना दुवै खेल जितेको छ र अब अक्टोबर १४ मा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्नेछ । यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।