२१ श्रावण २०८३, बिहीबार
,
Latest
अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको असन्तुष्टि, सुरक्षाकर्मीको व्यवहारमा सुधार गर्न माग स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार सेवाका लागि डा. नवराज जोशीलाई फोकल पर्सन तोक्यो घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह धुलिखेल–चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ, पर्यटनदेखि लगानीसम्म सहकार्य विस्तार गर्ने सहमति नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच उम्मेदवार सर्टलिस्ट, २५ र २६ साउनमा अन्तर्वार्ता भाषा रुखो भएको स्वीकार्दै गृहमन्त्री गुरुङले मागे माफी विदेशी उपाधिको समकक्षता सेवा अब यूजीसीमार्फत, तीन हजारभन्दा बढी प्रयोगकर्ता दर्ता बाँकेमा थपिए तीन हजार ७७६ मतदाता मन्त्रीको बादीको स्पष्टिकरणः महिलामाथि हुने यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्यधिक भिडभाड कम गर्न ‘ब्लु बस’ सेवा पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, कार्यप्रणालीमा व्यापक सुधार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ ।

बिहिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

कोशी प्रदेश सभा ९३ सदस्यीय छ। बहुमतका लागि ४७ जना प्रदेश सभा सदस्यको साथ चाहिन्छ। कोशीमा नेकपा एमालेका ४० जना सांसद छन् । नेपाली कांग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना, नेकपा (एकीकृत समाजवादी) का चार जना, जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।

संविधानको धारा १६८ (३) अन्तरगत गठन भएको हिक्मत कार्की नेतृत्वको सरकारले असोज २० गते विश्वासको मत पाउन नसक्ने देखिएपछि कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको दाबी गर्न प्रदेश प्रमुखले असोज २६ गते समय दिएका थिए ।

 




भर्खरै