• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

चाडपर्वको मुखमा चिनीको कृत्रिम अभाव सिर्जना गरियो: एमाले



काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले कालोबजारीलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।

बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजारमा चिनीको कृतिम अभाव सिर्जना गरिएको बताए ।

सरकारले जनतामाथि खेलबाड गरेको भन्दै उनले भने, ‘चाडपर्वको मुखमा अहिले चिनीको कृत्रिम अभाव सिर्जना गरिएको छ । नेपालका उद्योगीहरूसँग अहिले पनि पर्याप्त मात्रामा चिनी छ । त्यो बजारमा आउन सकेको छैन । अहिले कालोबजारी मौलाएको छ । सरकारले त्यस्ता कालोबजारीलाई प्रश्रय दिने काम गरेको छ । जनतामाथि यतिठूलो खेलबाड नगरोस् ।’