२३ श्रावण २०८३, शनिबार
,
Latest
देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्वको मुखमा चिनीको कृत्रिम अभाव सिर्जना गरियो: एमाले



अ+ अ-

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले कालोबजारीलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।

बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजारमा चिनीको कृतिम अभाव सिर्जना गरिएको बताए ।

सरकारले जनतामाथि खेलबाड गरेको भन्दै उनले भने, ‘चाडपर्वको मुखमा अहिले चिनीको कृत्रिम अभाव सिर्जना गरिएको छ । नेपालका उद्योगीहरूसँग अहिले पनि पर्याप्त मात्रामा चिनी छ । त्यो बजारमा आउन सकेको छैन । अहिले कालोबजारी मौलाएको छ । सरकारले त्यस्ता कालोबजारीलाई प्रश्रय दिने काम गरेको छ । जनतामाथि यतिठूलो खेलबाड नगरोस् ।’