• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

भारतले विश्वकपमा बनायो नयाँ कीर्तिमान



एजेन्सी । सन् २०२३ को विश्वकपको ९ औं खेलमा ‘रोहित’ नामको आँधी आयो । अफगानिस्तानले दिएको २७३ रनको लक्ष्य पछ्याउने क्रममा रोहित शर्माले विस्फोटक शतक बनाए ।

रोहितले विश्वकपमा भारतका लागि सबैभन्दा छिटो शतक बनाए । रोहित शर्माले ६३ बलमा विश्वकपको सातौं शतक पूरा गरे । यस बाहेक भारतीय टोलीले यस खेलमा धेरै कीर्तिमान आफ्नो नाममा बनाएको छ ।

भारत विश्वकपमा आफ्नो जितको सिलसिला कायम राख्न सफल भएको छ । २७२ रनको लक्ष्य पछ्याउँदै टोलीलाई रोहित र किशनले उत्कृष्ट सुरुवात गराए । रोहितले उत्कृष्ट शतक बनाए भने किशनले पूर्ण साथ दिए । यसपछि विराट कोहलीले आफ्नो अघिल्लो खेलको लय पनि कायम राखे । दुवैले भारतका लागि १५६ रनको साझेदारी गरे ।

भारतले विश्वकपमा सातौं पटक २५० प्लसको स्कोर सफलतापूर्वक पछ्याएको छ । अन्य कुनै टोलीले पाँच पटकभन्दा बढी यो गर्न सकेको छैन । योसँगै भारतीय कप्तान रोहित शर्माले सचिन तेन्दुलकरलाई पछि पार्दै विश्वकप इतिहासमा ७ शतक बनाएका छन् ।

विश्वकपमा भारतले रनको लक्ष्य भेट्टाएको शिलशिला
–२८८ विरुद्ध जिम्बावे, अकल्याण्ड, २०१५
–२७५ विरुद्ध श्रीलंका, मुम्बई, २०११ फाइनल
–२७४ विरुद्ध पाकिस्तान, सेन्चुरियन, २००३
–२७३ विरुद्ध अफगानिस्तान, दिल्ली, २०२३
–२६५ विरुद्ध श्रीलंका, हेडिङ्ले, २०१९