५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा बाहेकका दलहरुमा राणा शासन कायम छ: सभापति लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुमा अझैपनि राणा शासन कायम रहेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी बाहेकका दलहरुमा राणा शासन कायम रहेको बताउनुभएको हो ।

उहाँले अझै पनि दलहरुले आफ्नो मान्छेलाई भर्ति गर्ने गरेको बताउनुभयो । उहाँले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायम रहेको बताउनु भयो । उहाँले काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने बताउनु भयो । त्यस्तै सभापति लामिछानेले इजरायलस्थित नेपाली दुतावासले गैर आवासीय नेपालीहरुले जति पनि काम गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ । समावेशी लोकतन्त्रभित्र आइपुगेका छौँ । तर रास्वपा बाहेकका दलहरुमा अझैपनि राणा शासन कायम रह्यो । जसले गर्दाखेरी मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्दाखेरी पनि आफ्ना मान्छेहरुले भर्ति पाउने, चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायमै रह्यो । हिजो राणा शासनमा पनि त हुक्के, बैठके, चाकडी गर्ने, तेल लगाउने मान्छेहरुलाई तिमीलाई यति जग्गा बिर्ता, तिमीलाई यहाँको सम्पती, तिमीलाई यो भनेर दिइन्थ्यो ।

के आज राजनीतिक दलहरुमा त्यही चिज कायम भएको होइन त ? के शेरबहादुर देउवाजीलाई चिनेपछि काँग्रेसमा चिट्ठा लाग्दैन र ? ओलीजीलाई चिनेपछि एमालेमा चिट्ठा पर्दैन र ? प्रचण्डजीको नजिक हुन पाइयो भने त्यहाँ चिट्ठा लाग्दैन र ? तर रवि लामिछानेलाई चिनेर चाहीँ केही पनि हुँदैन । विधि बनाइदिएका छौँ हामीले । त्यो राणा शासनलाई पार्टीको डकुमेण्टमा अन्त्य गरेका छौँ हामीले । चुनावमा उम्मेदवार हुनको लागि मलाई चिनेर केही हुँदैन । बरु घाटा हुन्छ । प्राइमरीबाट चुनिएर आउनुस् कसैलाई चिन्नै पर्दैन । इजरायलमा जति सक्रियतापूर्वक गैर आवासिय नेपाली साथीहरु खट्नु भएको छ । त्यो ढंगमा सरकारले पहुँच पुर्‍याएको छैन । सरकारसँग स्रोत छ, साधन छ, बजेट छ, कर्मचारीहरु छन् । अफिस छ । तर एउटा अभियन्ताले सिंगो दुतावासले गर्नसक्ने भन्दाबढी काम गरिरहेको छ ।’

सभापति लामिछानेले गैर आवासिय नेपाली संघको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट कसैलाई समर्थन नहुने स्पष्ट पार्नुभयो । पार्टीका नेताहरु कुनै उम्मेदवारको पक्षमा लागेको पाइएमा कारबाही हुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कुनैपनि उम्मेदवारको पक्षमा पार्टीका कुनैपनि साथीहरुले लुकेर गर्नुभयो तर त्यो खुल्न आयो, गलत तरिकाले गर्नुभयो, कसैलाई पक्षपात गर्नुभयो भने, हाम्रो पार्टीसँग सम्वद्ध कोही हुनुहुन्छ भने हामी उहाँहरुलाई कारबाही गर्छौ । हामी चाहन्छौँ, नेतृत्वको विकास तपाईहरु आफैँले गर्न सक्नुहोस् ।’

सभापति लामिछानेले विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न सरकार उदासिन देखिएको बताउनु भयो । उहाँले सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न आदेश दिएको एक दशक बित्दा समेत कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले विदेशमा रहेका नेपालीको मताधिकारका लागि आफूहरु जोडतोडका साथ लाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विदेशमा भएमा नेपालीहरुको मताधिकार सुनिश्चित हुनुपर्छ । सरकार उदासिन भएको लगभग देखिएको छ । ०८४ को चुनाव सम्ममा त सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्नु भनेको एक दशक पूरा हुन्छ । अदालतको आदेश एक दशकसम्म नमान्ने भन्नेकुरा हुनै सक्दैन । कानून नबनाइदिएका कारणले गर्दा विदेशमा रहेका नेपालीहरु मताधिकारबाट वञ्चित हुनुपरेको छ । यसलाई जोडतोडका साथ अगाडी बढाउनका लागि हामीलाई यहाँहरुको साथ चाहिन्छ ।’

सभापति लामिछानेले गैर आवासिय नेपालीहरुले नेपालमा सहज रुपमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले लगानीका लागि गर्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गरिनुपर्ने बताउनुभयो । त्यस्तै लगानीको मुनाफा सहजै देश बाहिर लान पनि पाउनुपर्ने उहाँको भनाई छ ।