१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

रास्वपा बाहेकका दलहरुमा राणा शासन कायम छ: सभापति लामिछाने

रास्वपा बाहेकका दलहरुमा राणा शासन कायम छ: सभापति लामिछाने
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुमा अझैपनि राणा शासन कायम रहेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी बाहेकका दलहरुमा राणा शासन कायम रहेको बताउनुभएको हो ।

उहाँले अझै पनि दलहरुले आफ्नो मान्छेलाई भर्ति गर्ने गरेको बताउनुभयो । उहाँले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायम रहेको बताउनु भयो । उहाँले काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने बताउनु भयो । त्यस्तै सभापति लामिछानेले इजरायलस्थित नेपाली दुतावासले गैर आवासीय नेपालीहरुले जति पनि काम गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ । समावेशी लोकतन्त्रभित्र आइपुगेका छौँ । तर रास्वपा बाहेकका दलहरुमा अझैपनि राणा शासन कायम रह्यो । जसले गर्दाखेरी मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्दाखेरी पनि आफ्ना मान्छेहरुले भर्ति पाउने, चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायमै रह्यो । हिजो राणा शासनमा पनि त हुक्के, बैठके, चाकडी गर्ने, तेल लगाउने मान्छेहरुलाई तिमीलाई यति जग्गा बिर्ता, तिमीलाई यहाँको सम्पती, तिमीलाई यो भनेर दिइन्थ्यो ।

के आज राजनीतिक दलहरुमा त्यही चिज कायम भएको होइन त ? के शेरबहादुर देउवाजीलाई चिनेपछि काँग्रेसमा चिट्ठा लाग्दैन र ? ओलीजीलाई चिनेपछि एमालेमा चिट्ठा पर्दैन र ? प्रचण्डजीको नजिक हुन पाइयो भने त्यहाँ चिट्ठा लाग्दैन र ? तर रवि लामिछानेलाई चिनेर चाहीँ केही पनि हुँदैन । विधि बनाइदिएका छौँ हामीले । त्यो राणा शासनलाई पार्टीको डकुमेण्टमा अन्त्य गरेका छौँ हामीले । चुनावमा उम्मेदवार हुनको लागि मलाई चिनेर केही हुँदैन । बरु घाटा हुन्छ । प्राइमरीबाट चुनिएर आउनुस् कसैलाई चिन्नै पर्दैन । इजरायलमा जति सक्रियतापूर्वक गैर आवासिय नेपाली साथीहरु खट्नु भएको छ । त्यो ढंगमा सरकारले पहुँच पुर्‍याएको छैन । सरकारसँग स्रोत छ, साधन छ, बजेट छ, कर्मचारीहरु छन् । अफिस छ । तर एउटा अभियन्ताले सिंगो दुतावासले गर्नसक्ने भन्दाबढी काम गरिरहेको छ ।’

सभापति लामिछानेले गैर आवासिय नेपाली संघको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट कसैलाई समर्थन नहुने स्पष्ट पार्नुभयो । पार्टीका नेताहरु कुनै उम्मेदवारको पक्षमा लागेको पाइएमा कारबाही हुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कुनैपनि उम्मेदवारको पक्षमा पार्टीका कुनैपनि साथीहरुले लुकेर गर्नुभयो तर त्यो खुल्न आयो, गलत तरिकाले गर्नुभयो, कसैलाई पक्षपात गर्नुभयो भने, हाम्रो पार्टीसँग सम्वद्ध कोही हुनुहुन्छ भने हामी उहाँहरुलाई कारबाही गर्छौ । हामी चाहन्छौँ, नेतृत्वको विकास तपाईहरु आफैँले गर्न सक्नुहोस् ।’

सभापति लामिछानेले विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न सरकार उदासिन देखिएको बताउनु भयो । उहाँले सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न आदेश दिएको एक दशक बित्दा समेत कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले विदेशमा रहेका नेपालीको मताधिकारका लागि आफूहरु जोडतोडका साथ लाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विदेशमा भएमा नेपालीहरुको मताधिकार सुनिश्चित हुनुपर्छ । सरकार उदासिन भएको लगभग देखिएको छ । ०८४ को चुनाव सम्ममा त सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्नु भनेको एक दशक पूरा हुन्छ । अदालतको आदेश एक दशकसम्म नमान्ने भन्नेकुरा हुनै सक्दैन । कानून नबनाइदिएका कारणले गर्दा विदेशमा रहेका नेपालीहरु मताधिकारबाट वञ्चित हुनुपरेको छ । यसलाई जोडतोडका साथ अगाडी बढाउनका लागि हामीलाई यहाँहरुको साथ चाहिन्छ ।’

सभापति लामिछानेले गैर आवासिय नेपालीहरुले नेपालमा सहज रुपमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले लगानीका लागि गर्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गरिनुपर्ने बताउनुभयो । त्यस्तै लगानीको मुनाफा सहजै देश बाहिर लान पनि पाउनुपर्ने उहाँको भनाई छ ।