४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटमा नेपालले लाओसको सामना गर्दै



अ+ अ-

काठमाडौं । विश्वकप २०२६ फुटबलको एसियाली छनोटको पहिलो चरण अन्तर्गत नेपालले आज (बिहीबार) लाओसको सामना गर्दैछ । नेपाल र लाओसबीचको खेल दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ ।

आज नेपालको घरेलु मैदानमा दुई टोलीबीच पहिलो लेगको खेल हुन लागेको हो । दुई लेगको खेलमा जित निकाल्ने टिम एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछन् । नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको खेलकै लागि म्यानमारसँग दुई खेल खेलेको थियो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले लाओसको सामना गर्न उत्साहित रहेको उल्लेख गर्दै यस पटक प्रदर्शनबाट सुधार देखाउने बताएका छन् ।

लाओसविरुद्धको खेल कति महत्वपूर्ण छ भन्ने सबैलाई थाहा भएको उल्लेख गर्दै प्रशिक्षक एनेसले सोहीअनुसार राम्रो प्रदर्शन गर्ने अपेक्षा गरे । उनले पछिल्ला दुई महिनाको तयारीले टोली बलियो रहेको पनि विश्वास व्यक्त गरे ।

नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले टोलीको तयारी राम्रो भएकाले लाओसको सामना गर्न तयार रहेको बताए । लामो समयदेखि राम्रो तयारी गरेकाले लाओसविरुद्ध प्रदर्शन सुखद् रहने उनको विश्वास छ । यसअघि नेपालले त्रिकोणात्मक शृंखलामा लाओसलाई हराएको थियो ।

तर, यस पटक लाओसमा धेरै सुधार भएकाले विश्वकप छनोट खेल फरक हुने किरणको भनाई छ । उनले पनि त्रिकोणात्मक श्रृंखलामा जस्तो लाओस यस पटक नरहेको उल्लेख गर्दै सो टोलीमा केही परिवर्तन भएको बताए ।

दुवै टिम पहिलो चरणमा जित निकाल्दै दोस्रो चरणमा आफूलाई सुरक्षित गर्न चाहन्छन् । दोस्रो चरणमा पुग्ने टोलीले एसियाका शीर्ष देशसँग होम एण्ड अवेका आधारमा छनोट खेल्ने अवसर पाउनेछन् ।