५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप: भारतसामु अफगानिस्तान निरिह, आठ विकेटले पराजित



अ+ अ-

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा भारतले अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको छ । यो जितसँगै भारतले लगातार २ खेल जितेर ४ अंक जोडेको छ भने अफगानिस्तान लगातार दुई खेलमा पराजित भएको छ ।

पहिले ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई २७३ रनको लक्ष्य दिएको थियो । दिल्लीस्थित अरुण जेटली मैदानमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७२ रन जोडेको थियो । जवाफमा भारतले ३५ ओभरमा २ विकेट गुमाइ लक्ष प्राप्त गरेको थियो

अफगानिस्तानका लागि कप्तान हसमतुल्लाह शाहिदीले ८८ बलमा ८० रनको योगदान दिए । यस्तै, अजमतुल्लाह ओमारजाईले ६९ बलमा ६२ रनको योगदान दिए । रहमानुल्लाह गुरबाजले २१, इब्राहिम जद्रानले २२, रहमत शाहले १६, मोहम्मद नाबीले १९, राशिद खानले १६ रन जोड्दा मुजीब अर रहमान १० रन तथा नवीन उल हक ९ रनमा अविजित रहे ।

भारतका लागि जसप्रित बुमराहले चार विकेट लिँदा हार्दिक पाण्ड्याले दुई तथा शार्दुल ठाकुर र कुलदीप यादवले एक–एक विकेट लिए ।

दिल्लीको ब्याटिङ पिचमा भारतले सुरुदेखि नै आक्रामक रुपमा खेलेको थियो । भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले १३१ रन बनाए । ८४ बल सामना गरेका रोहितले पाँच छक्का र १४ चौका प्रहार गरेका थिए । उनी अफगानी बलर रशिद खानको बलमा बोल्ड आउट भएका थिए ।

अर्का प्रारम्भिक ब्याट्सम्यान इशान किसनले पनि ४७ रन बनाए । उनी पनि रशिद खानकै बलमा क्याचआउट भएका थिए । उनले २ छक्का र ५ चौका प्रहार गरेका थिए ।

बिराट कोहलीले ५५ रन बनाए भने श्रेयस ऐरले २५ रन बनाए ।

अंक तालिका

१. न्यूजील्यान्ड :  २ खेल – ४ अंक

२. भारत   : २ खेल – ४ अंक

३. पाकिस्तान : २ खेल – ४ अंक

४. दक्षिण अफ्रिका : १ खेल – २ अंक

५. इङल्यान्ड  : २ खेल – २ अंक

६. बंगलादेश  : २ खेल – २ अंक

(अंकविहीनः  अस्ट्रेलिया, अफगानिस्तान, श्रीलंका, नेदरल्यान्ड्स)

नियम अनुसार, सबैभन्दा बढी अंक प्राप्त गर्ने चार टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

 

बिहीबारकाे खेल

अस्ट्रेलिया vs दक्षिण अफ्रिका

( समयः २.१५ बजे, दिवारात्रि )