४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीले किन लगायो बंगलादेशलाई जरिवाना ?



अ+ अ-

एजेनसी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेश टोलीलाई म्याच शुल्कको ५ प्रतिशत जरिवाना गरिएको छ ।

विश्वकप २०२३ को सातौं खेलमा इंग्ल्याण्डविरुद्धको खेलमा स्लो ओभर रेट गरेको भन्दै आईसीसीले बंगलादेशलाई जरिवाना गरेको हो ।

बंगलादेशले तोकिएको समयमा एक ओभर कम बलिङ गरेको कारण सम्पूर्ण टोलीलाई जरिवाना गरिएको थियो ।

इमिरेट्स म्याच रेफ्रीहरूको आईसीसी एलिट प्यानलका जाभागल श्रीनाथले शकिब अल हसनको नेतृत्वमा रहेको बंगलादेशको टोलीलाई जरिवाना लगाए । खेलाडी र खेलाडी समर्थन व्यक्तिहरूको लागि आईसीसी आचार संहिताको धारा २(२) अनुसार, खेलाडीहरूलाई समय कम गर्न प्रत्येक ओभरको लागि ५ प्रतिशत जरिवाना गरिन्छ ।

बंगलादेशका कप्तान शकिब अल हसनले समयमै ओभर पूरा नगरेको आफ्नो गल्ती स्वीकार गर्दै औपचारिक सुनुवाइ टारेका छन् । मैदानमा रहेका अम्पायर अहसान रजा र पल विल्सन, थर्ड अम्पायर एड्रियन होल्डस्टक र चौथो अम्पायर कुमार धर्मसेनाले जरिवाना लगाएका हुन् ।

खेलको कुरा गर्ने हो भने डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डका अगाडि बंगलादेशको टोली खल्लो साबित भयो । धर्मशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले डेभिड मलानको शतकको मद्दतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६४ रन बनाएको थियो । जवाफमा बंगलादेशको टोली ४८.२ ओभरमा २२७ रनमा अलआउट भयो । यसरी बंगलादेशले १३७ रनको लज्जास्पद हार बेहोरेको थियो ।