३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक ४०.५७ अंकले ओरालो



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा ओरालो आएको छ । 

आइतबार नेप्से परिसूचक ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको छ । फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंक घटेको छ ।

आइतबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार कित्ता शेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । गत बिहीबारको तुलनामा आइतबार नेप्से परिसूचकसँग कारोबार रकममा समेत गिरावट आएको छ । गत बिहीबार ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

आइतबार १३ वटै उपसमूहको परिसूचक गिरावट आएको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक भने सबैभन्दा बढी ३.५७ प्रतिशत घटेको छ । वित्त उपसमूहको परिसूचक २.४१, विकास बैंकको १.९६, अन्यको १.६८, व्यापारको १.६६, लघुवित्तको १.४८, लगानीको १.३१, जलविद्युतको १.१३ र बैंकिङ्ग उपसमूहको १.०४ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

आइतबारको कारोबारमा नेप्सेसँगै कारोबार रकम घटे पनि नेपाल हाइड्रो डेभलोपर्स कम्पनीको  शेयरमूल्य भने सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर, शिखर इन्स्योरेन्स, साहस उर्जाका शेयरमूल्य पनि बढेको छ । तर यता विन नेपाल लघुवित्तको शेयरमूल्य भने सबैभन्दा बढी गिरावट आएको छ ।

आज कारोबार रकमका आधारमा ५४ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार गरेर अरुण भ्याली हाइड्रोपाव शीर्ष स्थानमा रहेको छ ।  नेपाल लाइफ इन्स्योरेन्सको ४२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।