२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीन आर्थिक सहकार्यमा जोड



अ+ अ-

काठमाडौँ, २ पुस : अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिनुभएको छ ।

मङ्गलबार यहाँ आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक सुधारका विविध कार्यक्रमहरू गर्दै आएकाले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा पुँजी परिचालन गर्न आग्रह गर्नुभयो ।

अर्थमन्त्रीले विदेशी लगानी भित्र्याउन नेपालले अनुकूल वातावरण सृजना गरेकाले नेपाल र चीनले आर्थिक सहकार्यका विभिन्न क्षेत्रहरू पहिचान गरी सहकार्य गर्नु अपरिहार्य छ भन्नुभयो ।

नेपालका लागि चीनका राजदूत छन सङले चिनियाँ लगानीकर्ताले नेपालमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै लगेको बताउनुभयो । उहाँले दुई देशबीचको बहुआयामिक सम्बन्धको चर्चा गर्दै औद्योगिक विकास, ऊर्जा, पूर्वाधार निर्माणलगायत क्षेत्रमा नेपालसँग सहकार्य गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेका बताउनुभयो । साथै उहाँले नेपाललाई आफ्नो मुलुकबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस