१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर पुगेर ओलीले भने – प्रचण्ड सरकार पूर्णरूपमा असफल



फाईल फोटो
अ+ अ-

जनकपुरधाम । मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम आइपुगेका छन् ।

एती एयरलाइन्सको जहाज चढेर जनकपुर विमानस्थल ओर्लिएका ओलीलाई धावनमार्गसम्मै पुगेर नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् ।

ओलीलाई स्वागत गर्न सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, केन्द्रीय सदस्य उमाशंकर अरगरियालगायतका नेता विमानस्थल पुगेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूर्णरूपमा असफल भइसकेको बताएका छन् ।
‘कहिले ढल्छ त्यो नभनौं । तर, यो सरकारको काम छैन’ उनले भने ।

अध्यक्ष ओलीले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।