२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर पुगेर ओलीले भने – प्रचण्ड सरकार पूर्णरूपमा असफल



फाईल फोटो
अ+ अ-

जनकपुरधाम । मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम आइपुगेका छन् ।

एती एयरलाइन्सको जहाज चढेर जनकपुर विमानस्थल ओर्लिएका ओलीलाई धावनमार्गसम्मै पुगेर नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् ।

ओलीलाई स्वागत गर्न सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, केन्द्रीय सदस्य उमाशंकर अरगरियालगायतका नेता विमानस्थल पुगेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूर्णरूपमा असफल भइसकेको बताएका छन् ।
‘कहिले ढल्छ त्यो नभनौं । तर, यो सरकारको काम छैन’ उनले भने ।

अध्यक्ष ओलीले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।