९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भन्सारका कर्मचारीलाई साथीको भेप निकाल्न मिल्छ कि मिल्दैन भनेर मात्रै सोधेको हुँ: राहुल महरा

भन्सारका कर्मचारीलाई साथीको भेप निकाल्न मिल्छ कि मिल्दैन भनेर मात्रै सोधेको हुँ: राहुल महरा
अ अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा राहुल महराले बयान दिएका छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले चिनजानका चिनियाँ नागरिकको भेप भन्सारले समातेपछि त्यसबारे बुझ्न अधिकारीहरुलाई फोन गरेको बताएका छन् । तर भेपमा सुन तस्करी गरी ल्याएको बारे मिडियामा आएपछि मात्रै थाहा पाएको र यसमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

जिल्ला अदालत, काठमाडौंमा दर्ता अभियोग पत्रमा समावेश बयानमा उनले चिनजानका साथी चिनियाँ नागरिक दाओजिन वाङले अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेको बताएका छन् । ‘दाओजिन वाङले मलाई फोन गरी मेरो साथीको इलेक्ट्रिक चुरोट (भेप) एयरपोर्टमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ मिल्दैन बुझिदिनुपर्‍यो भनेर मलाई अनुरोध गरेको कारण मैले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेको थिए,’ राहुलले प्रहरीसँग भनेका छन्, ‘उनलाई सोधपुछ गर्दा भेप जफत भएको छ। भन्सार तिरेर पनि फिर्ता दिन मिल्दैन यो लिलामी प्रक्रियामा अगाडि बढ्छ भनेर मलाई भनेका थिए।’

करिब दुई हप्तापछि दाओजिनले राहुललाई भन्सार कार्यालयमा पुगेर बुझ्नलाई भनेको बयानमा बताएका छन् । विमानस्थल जाँदा भन्सार कार्याल्य अगाडि वाङ, उनका सवारी चालक लोकेन्द्र कुमार पौडेल र नचिनेको दूई चिनियाँ नागरिकसँग भेट भएको उनले बताएका छन् ।

त्यसपछि विमानस्थलका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको कार्यकक्षमा पुगेर यसबारे कुराकानि भएको उनले बताएका छन् । यद्यपी, भेपको विषयलाई लिएर कार्यालयमा ६/७ पटक गएर छुटाउनका लागि दबाब दिने काम नगरेको उनको भनाई छ।

गत पुस १० गते फ्लाइ दुबईबाट आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३ बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन बरामत गरिएको थियो । सिआईबीले राहुल महरा सहित अन्य आरोपी विरुद्ध मुद्दा दर्ता गरेको छ । उनीहरुविरुद्ध भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी साढे ७ वर्षको कैद सजाय मागदाबी लिइएको बताइएको छ ।