४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्यो, अश्विनको स्थानमा शार्दुललाई मौका



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ अन्तर्गत घरेलु टोली भारत र अफगानिस्तानबीचको खेल दिउँसो २ः१५ बजेदेखि नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा हुँदैछ । अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ ।

पाहुना टोली कुनै परिवर्तन नगरी प्रवेश गरेको छ भने भारतीय टोलीमा रविचन्द्रन आश्विनको स्थानमा शार्दुल ठाकुरलाई मौका दिइएको छ । टसअघि मैदानमा हार्दिक पाण्ड्याको जन्मदिनको केक काटिएको छ ।

टीम इन्डियाका नियमित ओपनर शुभमन गिल डेंगुका कारण यो खेल खेल्न पाउने छैनन् । उनको स्थानमा रोहित शर्मासँगै इशान किशन ओपनिङ गर्ने सम्भावना छ । तर, अष्ट्रेलियाविरुद्धको खेलमा उनी खाता नखोलेर पेभिलियन फर्किएका थिए ।

यस्तै, रविचन्द्रन अश्विनको स्थानमा शार्दुल ठाकुर आएका छन् ।