१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित



फाईल फोटो
अ+ अ-

काठमाण्डौ: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ । इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच शुरु भएको युद्धका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको बताइएको छ जसलाइ परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पुष्टी गरेका छन् ।

महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म हुँदै थियो । गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको थियो ।

तर इजरायल घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले नेपाल भ्रमण स्थगित गरेका हुन् ।