४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाओस–नेपाल उस्तै टिम हुन्, जित्नेगरी खेल्छौँः रोहित चन्द



अ+ अ-

काठमाडौँ । फुटबल वल्र्ड कप–२०२६ क्वालिफायर्स एशिया जोन राउण्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तिब्र पारेको छ ।

असोज २५ गते दशरथ रङ्गशालामा हुने लाओससँगको खेलका लागि तयारी तिब्र पारेको हो । फिफा वरियतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले हाल २५ सदस्यीय नेपाली टोलीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गरिरहेका छन् । प्रशिक्षकले मंगलवार अभ्यासका क्रममा तयारी राम्रो रहेको बताउनु भयो । उहाँले लाओससँग खेल्नका लागि आफूहरु सबै किसिमले तयार रहेको बताउनु भयो ।

त्यस्तै खेलाडी रोहित चन्दले नेपाल र लाओस एकै स्तरको टिम भएकाले राम्रोसँग खेल्नुपर्ने बताउनु भयो । उहाँले तयारी राम्रो भएको र नयाँ खेलाडीहरु भएकाले जोश जाँगर रहेको बताउनु भयो । नयाँ खेलाडीलाई आफूहरुको अनुभव सिकाउने बताउनु भयो । उहाँले लाओससँगको म्याचमा फोकस र एक वर्ष व्यस्त हुने भएकाले लाओससँग जित्नेगरी खेल्ने बताउनु भयो ।

नेपाल र लाओसबीचको खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ तीन सय र भिआइपी पाराफिटतर्फ पाँच सय कायम गरिएको छ । खेलको टिकट एन्फा आफैँले बिक्री गर्नेछ । सो प्रतियोगिताका लागि ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ ।