९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कोशी सरकार गठनमा प्रधानमन्त्रीले मागे राप्रपाको साथ

कोशी सरकार गठनमा प्रधानमन्त्रीले मागे राप्रपाको साथ
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष लिङदेनबिच भेटवार्ता भएको हो ।

भेटमा कोशी सरकार गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । ‘अध्यक्षज्यू र प्रधानमन्त्रीको भेटवार्ता भएको थियो । त्यहाँ प्रधानमन्त्रीले कोशी सरकार गठनको लागि सहयोग गर्न प्रस्ताव गर्नुभएको छ । हाम्रोतर्फबाट अध्यक्षज्यूले ठोस जवाफ दिनुभएको छैन’, उनले भने ।

उनले कोशीमा सरकार गठनबारे संवाद सुरु भएको र सहमतिमा पुगिनसकेको बताए । प्रधानमन्त्रीसँग पुन: भेट्ने सहमति भएको बताए ।

यस्तै, कोशी सरकार गठनमा कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अध्यक्ष लिङदेनसँग भेट्ने तयारी गरेका बताईएको छ । आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले कोशीमा आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो ।

कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको दाबी गर्न प्रदेश प्रमुखले असोज २६ गते समय दिएका छन् । मध्यावधिमा जान नदिन सत्ता गठबन्धनले राप्रपालाई आग्रह गरिरहेका छन्।

कोशी प्रदेश सभा ९३ सदस्यीय छ। बहुमतका लागि ४७ जना प्रदेश सभा सदस्यको साथ चाहिन्छ। कोशीमा नेकपा एमालेका ४० जना सांसद छन् । नेपाली कांग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना, नेकपा (एकीकृत समाजवादी) का चार जना, जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।