४ आश्विन २०८१, शुक्रबार
,
Latest
अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि लोमान्थाङमा स्याउ खेती हुन थाल्यो अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो: अध्यक्ष ढकाल उपप्रधानमन्त्री प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेबारी सुरु भयो पदयात्राको याम प्रधानमन्त्री ओली अमेरिका प्रस्थान (तस्बिरहरू) ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मशालामा मलानले राखे यस्तो रेकर्ड



अ+ अ-

एजेन्सी । धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए)स्टेडियममा इङ्ल्यान्डका ओपनिङ ब्याट्सम्यान डेभिड मलानले बंगलादेशको बलिङ आक्रमणलाई ध्वस्त पारे । मलानले आईसीसी विश्वकप २०२३ को आठौं खेलमा ब्याटले ठूलो सनसनी पैदा गरेका थिए ।

आँधीबेहरी शैलीमा ब्याटिङ गर्दै इंग्ल्याण्डका ब्याट्सम्यानले १०७ बलमा १४० रनको विस्फोटक इनिङ खेले । यो शानदार इनिङबाट मलानले विश्वकपका धेरै ठूला कीर्तिमान पनि तोडेका छन् ।

डेभिड मलान र जोनी बेयरस्टोले बंगलादेशविरुद्ध इंग्ल्याण्डलाई धमाकेदार सुरुवात गरेका थिए । दुवैले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । बेयरस्टो पेभिलियन फर्किएपछि मलानले जो रुटसँग शतकीय साझेदारी गर्दै इंग्ल्याण्डको ठूलो स्कोरको जग बसाएका थिए ।

मलान विश्वकपमा इंग्ल्याण्डका लागि शतक प्रहार गर्ने सबैभन्दा पाका ब्याट्सम्यान पनि बनेका छन् । मलानले ३६ वर्षको उमेरमा यो उपलब्धि हासिल गरेका हुन् ।

एकदिवसीय क्रिकेटमा डेभिड मलानले बनाएको यो छैटौं शतक हो । मलानले एकदिवसीय क्रिकेटमा ६ शतक प्रहार गर्न कम्तीमा २३ इनिङ्स खेलेका छन् । यस मामिलामा उनले इमाम उल हक, बाबर आजम र शुभमन गिलजस्ता ब्याट्सम्यानलाई पछाडि छोडेका छन् ।

इमाम उल हकले २७ इनिङ्स खेलेर यो उपलब्धि हासिल गरेका थिए भने बाबरले एकदिवसीयमा ६ शतक प्रहार गर्न ३२ इनिङ्स लिएका थिए ।