• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित ★   सरकार छोड्नेबारे उपाध्यक्ष पाण्डेको टिप्पणी: ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ’ ★   कालिजले बजार नपाउँदा व्यवसायी मारमा ★   खेलकुदका क्षेत्रमा पूर्वाधार विकास गर्न बजेट पुगेन: मन्त्री श्रेष्ठ ★   विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गरिने ★   पाल्पाका आग्नीपीडित परिवारलाई राहत ★   एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर ★   वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ ★   जसपा अस्थिरताको कारक बन्दैन: अध्यक्ष राई

इजरायलका लागि नेपाली राजदुतको क्षमतामाथि रास्वपा सांसदको प्रश्न



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पार्टीगत राजदुत चयन गर्दा कमजोरी बढेको बताउनुभएको छ ।

मंगलवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इजरायल घटनामा पनि राजदुतावास र राजदुतको क्षमतामा प्रशस्त प्रश्न उठेको बताउनु भयो । उहाँले सरकारले समयमै आवश्यक पहलकदमी नलिँदा जनतामा सरकार छ भन्ने आशा गुमेको बताउनु भयो । उहाँले क्राइसिसको बेलामा क्षमताका कुराहरु बढी प्रमुख रुपमा देखिने गरेको भन्दै उहाँले सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इजरायलमा बंकरमा रहेका नेपाली विद्यार्थीसँग मेरो पनि प्रत्यक्ष कुरा भएको थियो । त्यसबारेमा संवाद गर्नसक्ने अवस्थामा हामी मन्त्रालयबाट प्रेस विज्ञप्तिको रुपमा मात्रै हामी कम्युनेटेड गरिरहेका छौँ । त्यसले आम जनतामा सरकार निकम्भा भयो भन्ने म्यासेज गएको छ । सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्छ । क्राइसिसको बेलामा क्षमताका कुराहरु बढी प्रमुख रुपमा देखिन्छ । राजदुतावास र राजदुतको क्षमतामा प्रशस्त प्रश्न उठेका छन् । पीडित विद्यार्थीले पनि राजदुतावासमा प्रश्न उठाउनुभएको छ । हामीले राजदुत छान्दा सधैँ हाम्रा मात्रै छान्ने हो की, संवेदनशील मुलुकमा कस्ता राजदुत पठाउने ?’

सांसद खनालले पीडित विद्यार्थीले पनि राजदुतावासमाथि प्रश्न उठाएको भन्दै संवेदनशील मुलुकमा कस्ता राजदुत पठाउने ? भन्नेबारे सोच्नुपर्ने बताउनु भयो ।