• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

शुभमन गिल अस्पतालबाट डिस्चार्ज, तर भारतीय फ्यानहरु यसकारण चिन्तित



एजेन्सी । भारतीय टोलीका ओपनर शुभमन गिललाई डेंगुको संक्रमण भएपछि चेन्नईको अस्पतालमा भर्ना गरिएको थियो । जानकारीका अनुसार गिलको प्लेटलेट काउन्ट एक लाखभन्दा तल झरेको थियो, त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । हाल उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । गिल सोमबार साँझ अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

तर, भारतीय टोलीको चिन्ता अझै हटेको छैन । शुभमन गिललाई अक्टोबर १४ मा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानविरुद्धको खेल खेल्न गाह्रो देखिन्छ । बीसीसीआईले यसअघि नै शुभमनले अफगानिस्तानविरुद्धको खेलमा भाग नलिने जानकारी दिएको थियो ।

शुभमन गिललाई चेन्नईको प्रख्यात मल्टि केयर स्पेशलिटी अस्पताल कावेरीमा भर्ना गरिएको थियो । उनको प्रगति हेर्न भारतीय टोलीका डाक्टर रिजवान उनीसँगै बसेका थिए ।

पाकिस्तानविरुद्धको हाई भोल्टेज खेलमा करिब ९६ घण्टा बाँकी छ । तर भारतीय टिम व्यवस्थापनका लागि गिलको स्वास्थ्य महत्वपूर्ण छ । यसलाई ध्यानमा राखी थप निर्णय लिइनेछ ।

डेंगुका कारण शुभमन गिल अस्ट्रेलियाविरुद्धको पहिलो खेल खेल्न सकेनन् । उनको स्थानमा इशान किशनले रोहित शर्मासँग इनिङ्स सुरु गरेका थिए । यी दुवै ब्याट्सम्यान फ्लप भए र खाता नखोलेर पेभिलियन फर्किए । शुभमन गिल जतिसक्दो चाँडो निको होस् भन्ने कामना भारतीय फ्यान र अधिकारीहरुले गरेका छन् ।