२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभमन गिल अस्पतालबाट डिस्चार्ज, तर भारतीय फ्यानहरु यसकारण चिन्तित



अ+ अ-

एजेन्सी । भारतीय टोलीका ओपनर शुभमन गिललाई डेंगुको संक्रमण भएपछि चेन्नईको अस्पतालमा भर्ना गरिएको थियो । जानकारीका अनुसार गिलको प्लेटलेट काउन्ट एक लाखभन्दा तल झरेको थियो, त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । हाल उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । गिल सोमबार साँझ अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

तर, भारतीय टोलीको चिन्ता अझै हटेको छैन । शुभमन गिललाई अक्टोबर १४ मा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानविरुद्धको खेल खेल्न गाह्रो देखिन्छ । बीसीसीआईले यसअघि नै शुभमनले अफगानिस्तानविरुद्धको खेलमा भाग नलिने जानकारी दिएको थियो ।

शुभमन गिललाई चेन्नईको प्रख्यात मल्टि केयर स्पेशलिटी अस्पताल कावेरीमा भर्ना गरिएको थियो । उनको प्रगति हेर्न भारतीय टोलीका डाक्टर रिजवान उनीसँगै बसेका थिए ।

पाकिस्तानविरुद्धको हाई भोल्टेज खेलमा करिब ९६ घण्टा बाँकी छ । तर भारतीय टिम व्यवस्थापनका लागि गिलको स्वास्थ्य महत्वपूर्ण छ । यसलाई ध्यानमा राखी थप निर्णय लिइनेछ ।

डेंगुका कारण शुभमन गिल अस्ट्रेलियाविरुद्धको पहिलो खेल खेल्न सकेनन् । उनको स्थानमा इशान किशनले रोहित शर्मासँग इनिङ्स सुरु गरेका थिए । यी दुवै ब्याट्सम्यान फ्लप भए र खाता नखोलेर पेभिलियन फर्किए । शुभमन गिल जतिसक्दो चाँडो निको होस् भन्ने कामना भारतीय फ्यान र अधिकारीहरुले गरेका छन् ।