• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो

चलचित्र परदेशी-२ असोज २६ गतेबाट प्रदर्शनमा



चलचित्र परदेशी २ यही असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको बारेमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री वर्षा शिवाकोटीले चलचित्र परदेशी २ को प्रदर्शन मिति नजिकिँदै गर्दा नर्भस भएको बताउनुभयो । उहाँले चलचित्रलाई धेरै दर्शकले रुचाउने आशा गरेको पनि बताउनु भयो । उहाँले चलचित्रले यो दशैँ झनै विशेष बनाउने बताउनु भयो । त्यस्तै अभिनेता एवं गायक प्रकाश सपुतले चलचित्रमा आफू नयाँ भएको र चलचित्रको मिति सर्दा धेरै डर लागेको बताउनु भयो । उहाँले नेपालगञ्ज, चितवन, बुटवल र पोखरा लगायतका स्थानमा प्रचारप्रसार गरेको बताउनु भयो । उहाँले चलचित्र आफ्नो गाउँ वाग्लुङमा प्रिमियर गरेको बताउनु भयो ।

बडा दशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’ मा प्रकाश,वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ । रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि विदेशिने युवा र सन्तान विदेसिँदा बुढेसकाल लागेका आमाबुबाले भोग्ने पीडालाई प्रश्तुत गर्छ । राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् । ८ वर्ष अगाडि प्रदर्शनमा आएको यसको अघिल्लो श्रृङ्खला ‘परदेशी’ ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । ‘परदेशी २’ प्रति पनि चलचित्रकर्मी एवं दर्शकले ठूलो आशा राखेका छन् ।