२२ असार २०८३, सोमबार
,
Latest
ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्तिनाथ मन्दिरमा नित्य पूजा बाहेक दर्शनार्थीलाई प्रवेश बन्द



अ+ अ-

मुस्ताङः कोरोनाभाइरस संक्रमण बढेसँगै जिल्लाको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा नित्य पूजाआजा बाहेक दर्शनार्थीलाई मन्दिर प्रवेशमा रोक लगाइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम हालका लागि बैशाख मसान्तसम्म सर्वसाधारणका लागि मन्दिरभित्र प्रवेशमा रोक लगाइएको जानकारी दिनुभयो ।

उहाँले परिस्थितिकाे मूल्याँकन गरेर बैशाख मसान्तपछि मन्दिर खाेल्ने वा नखाेल्ने बारेमा निर्णय हुने बताउनुभयाे ।

केन्द्रको आज बुधबार बसेको बैठकले मुक्तिनाथ मन्दिर लगायतका मठ, मन्दिर, गुम्बा, चर्च समेतका धार्मिक स्थलमा हुने नित्य पूजा, ध्यान र प्रार्थना बाहेक अन्य धार्मिक गतिविधि बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

मुक्तिनाथ मन्दिरमा पछिल्लो समय निकै भिडभाड बढेको छ । नेपाल सहित भारतबाट समेत दर्शनार्थीहरु तथा आन्तरिक पर्यटक मुक्तिनाथ मन्दिर पुग्ने गरेका छन् ।