८ श्रावण २०८३, शुक्रबार
,
Latest
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना तीनवटा संसदीय समितिको बैठक बस्दै वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यसरी सम्भव छ बाह्रैमास पर्यटन बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटः न्युजिल्यान्डद्वारा नेदरल्यान्ड्स ९९ रनले पराजित



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत सोमबारको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको छ ।

न्युजिल्यान्ड लगातार दोस्रो खेलमा विजयी भएको हो । न्युजिल्यान्डले यसअघि पहिलो खेलमा इङ्ल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्स भने यसअघि पहिलो खेलमा पनि पाकिस्तानसित ८१ रनले पराजित भएको थियो ।

भारतको हैदरावादमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोज्यो । न्युजिल्यान्डले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीन सय २२ रन बनायो । तीन सय २३ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सको पारी ४६ दशमलव तीन ओभरमा दुई सय २३ रनमा समेटियो ।

यसअघि न्युजिल्यान्डका लागि ब्याटिङ गर्ने क्रममा विल योङले सर्वाधिक ७० रनको योगदान दिए । उनले ८० बलमा दुई छक्का र सात चौका हाने ।

यस्तै कप्तान टम लाथमले ४६ बलमा एक छक्का र ६ चौकासहित ५३, रचिन रविन्द्रले ५१ बलमा तीन चौका र एक छक्कासहित ५१, डार्यल मिचेलले ४७ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ४६ तथा मिचेल शान्टनरले अविजित ३६ रन बनाए ।

उनले १७ बल खेल्ने क्रममा दुई छक्का र तीन चौकासमेत हिर्काए । यसैगरी डेभन कन्वेले ४० बल खेल्दै एक छक्का र पाँच चौकाको मद्दतमा ३२३ रनको योगदान दिए ।

बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त, पाउल भान मार्केन र रोइलोफ भान डेर मेर्वेले दुई दुई तथा बास डी लिडेले एक÷एक विकेट लिए ।

दुई सय २३ रन बनाउने क्रममा नेदरल्यान्ड्सका कोलिन एक्रिमनले ६९ रन बनाए । उनले ७३ बल खेल्ने क्रममा पाँच चौका प्रहार गरे । कप्तान स्कट एडवार्डस्ले ३०, शाइव्रान्ड इन्जिेलव्रेच्डले २९, तेजा निदाममनरुले २१, बास डी लिडेले १८, म्याक्स ओडाउडले १६, विक्रमजित सिंहले १२ तथा आर्यन दत्तले ११ रन बनाए

बलिङतर्फ मिचेल शान्टनरले पाँच, म्याट हेनरीले तीन तथा रचिन रविन्द्रले एक विकेट लिए ।