९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

इजरायलमा फसेका नेपालीहरुको उद्धार गर्न सांसदहरुको माग

इजरायलमा फसेका नेपालीहरुको उद्धार गर्न सांसदहरुको माग
संघीय संसद। फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरुको यथाशिघ्र उद्दार गर्न सरकारसँग माग गरेका छन् ।

सोमवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरुको यथाशिघ्र उद्धार गरी नेपाल ल्याउन सरकारसँग माग गरेका हुन् ।

उनीहरुले द्वन्द्वमा परी घाइते भएकाहरुको स्वास्थ्योपचार गर्न पनि माग गरेका छन् । प्रतिनिधि सभा सदस्यहरुले छिटोभन्दा छिटो कुटनीतिक पहल गरेर संकटमा फसेका नेपालीहरुको उद्धार गर्न सरकारको गम्भिर रुपले ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले घाइतेहरुको उपचार गर्न र नेपालीहरुलाई उद्धार गर्न सरकारले युद्धस्तरमा काम गर्नुपर्ने बताउनु भयो । उहाँले कति नेपाली प्रभावित भए भन्ने पछिल्लो विवरण संसदमा प्रश्तुत गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।

उहाँले भन्नुभयो–‘इजरायलमा रहेका नेपालीहरुको यकिन गरी घाइते भएकाहरुलाई स्वास्थ्योपचारको व्यवस्था र नेपाल फर्काउनको निम्ति सरकारले तत्कालै युद्धस्तरमा काम गरोस् । पछिल्लो घटनाक्रम कुन खालले विकसित भइरहेको छ, झण्डै १ लाख २३ हजार बिस्थापित छन् । त्यसमध्ये नेपालीहरु कति परेका छन् त्यसको पछिल्लो विवरण संसदमा सरकारले प्रश्तुत गरोस् ।’

प्रतिनिधि सभा सदस्य असिम साहले नेपालको सत्तामा रहेकाहरुलाई पनि हमासको संज्ञा दिँदै नेपालीहरु इजरायलमा आक्रमणमा पर्नुमा नेपालका हमासहरुपनि जिम्मेवार रहेका बताउनु भयो । देशको साधन, स्रोतमा नेपाली हमासहरुको हालिमुहाली रहेको उल्लेख गर्दै सो अत्याचार सहन नसकेर नेपाली युवाहरु विदेशीनु परेको बताउनु भयो । सरकारले इजरायली राष्ट्राध्यक्षसँग संवाद गरेर समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो देशका छोराहरुमाथि आक्रमण त्यहाँको हमासले मात्रै गरेको होइन । यहाँको सत्तामा रहेका हमासहरु पनि त्यत्तिकै जिम्मेवार छन् । देशमा सिमित मान्छेको रजगज छ । देशको साधन, स्रोतमा यिनै हमासको हालिमुहालि छ । देशभित्रका हमासका अत्याचार सहन नसकेर युवा विदेश जान्छन्, उता अर्को हमासले ज्यान लिन्छ । कहिले अफगानिस्तानको भुमिमा, कहिले इजरायलको भुमिमा, कहिले तालिवानको बमको निर्दोष नेपालीको श्वास खोसेको छ । मृत्यु हत्केलामा बोकेर कहिलेसम्म हिँड्ने नेपाली ? यसको जवाफ र जिम्मेवारी यो देशमा ३३ वर्ष सत्तामा रहेका हमासले दिनुपर्छ र लिनुपर्छ । केही नेपाली सम्पर्क विहीन छन् । यो देशको सरकार यहाँ इजरायली राजदुतसँग याचना गरिरहेको छ । नेपाल सरकारले सिधै इजरायली राष्ट्राध्यक्षसँग किन संवाद गर्दैन ? मृतकको लास र बेपत्ताको डाटा राख्ने काम मात्र नगरियोस् ।’

प्रतिनिधि सभा सदस्य ईश्वरबहादुर रिजालले इजरायलमा फसेका नेपालीहरुको उद्धार गरी उनीहरुलाई आफ्नो देश र राज्य छ भन्ने अनुभुति गराउनुपर्ने बताउनु भयो । उहाँले उनीहरुको प्राण बचाउन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा राज्य छ भन्ने जनतालाई त्यति महशुस छैन । मृत्युको मुखमा पुगेका नेपालीहरु मेरो राज्य छ, मेरो देश छ भन्ने अनुभुति गराउनुपर्‍यो सरकारले । त्यसकारण जति सक्दो छिटो तुरुन्त ति नेपालीहरुलाई उद्धार गर्नुपर्‍यो । उनीहरुको प्राण बचाउनुपर्‍यो । मेरो देश छ । मेरो राज्य छ । मेरो सरकार छ भन्ने अनुभुति गराउनुपर्‍यो ।’

प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले सरकारको इजरायलसँगको कुटनीतिक कमजोरी रहेको कुरा छताछुल्ल रुपमा पोखिएको बताउनु भयो । उहाँले त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रुपमा तत्काल देश फर्काउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘इजरायलसित नेपालको दक्षिण एसियामै सबैभन्दा पुरानो सम्बन्ध हो, सरकारको कुटनीतिक कमजोरी छताछुल्ल ढंगले पोखिएको छ । प्रधानमन्त्री एकदम लोकप्रिय काम गर्दै हुनुहुन्छ, भिडियो कल । समवेदना । तर त्यहाँका नेपालीहरुको चाहाना के छ भने, जो संकटमा फसिरहेका छन् तत्काल यो देश फर्काइयोस् । उनीहरुलाई नेपाल फर्काइयोस् सुरक्षित रुपमा । र उपचार गर्नुपर्नेलाई उपचार गरियोस् ।’

प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले इजरायलमा फसेका नेपाली नागरिकहरुलाई नेपाल फर्काउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो । उहाँले कुटनीतिक पहल यथाशिघ्र गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘बेपत्ताको खोजि र घाइतेहरुको शिघ्र उपचारको लागि सरकारसँग माग गर्दछु । स्वास्थ्य लाभको कामना गर्दछु । नेपाल आउन चाहेका नेपालीहरु जो संकटमा रहेका छन्, ति सबै नेपाली नागरिकहरुलाई नेपाल ल्याउनका लागि सरकारले विशेष पहल गरोस् भनेर सरकारसँग माग गर्न चाहन्छु । कुटनीतिक पहलमार्फत् यथाशिघ्र कार्य अगाडी बढाओस् ।’

प्रतिनिधि सभा सदस्य शर्माले इजरायलको युद्धक्षेत्रमा शान्ति स्थापनाको लागि आफ्नो भुमिका नेपालले खेलोस् भन्ने अपेक्षापनि व्यक्त गर्नुभयो ।