९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

इजरायलमा द्वन्द्वको चपेटामा परेकाहरुलाई तत्काल उद्धार गर्न सरकारसँग पीडित पक्षको आग्रह

इजरायलमा द्वन्द्वको चपेटामा परेकाहरुलाई तत्काल उद्धार गर्न सरकारसँग पीडित पक्षको आग्रह
अ अ+ अ-

काठमाडौँ । पीडितहरुले इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका आफन्तहरुलाई तत्काल उद्धार गर्नसरकारसँग आग्रह गरेका छन ।

सोमवार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरुले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर बिष्टसहितका नौं जना विद्यार्थीहरुको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन् ।

हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरु आक्रमणको शिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी आमा चन्द्रा बिष्टले बताउनु भयो । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ जना विद्यार्थीहरु अध्ययनका लागि इजरायल गएका थिए । उनीहरुसँग आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले उनीहरु तनावमा रहेकाले सरकारले उनीहरुलाई सुरक्षित ढंगले नेपाल फिर्ता ल्याउन ढिलाई गर्न नहुने पनि चन्द्राले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘बच्चासँग हामी आधिआधि घण्टामा कन्ट्याकमा छौं । उसले कुरा गर्न पाईराखेको छ । त्यस्तो कन्ट्याक्टविहिन चाँही भएको छैन । हिजो रातिबाट युद्ध घोषणा भएकाले बच्चाहरु आत्तिईराखेका छन् । युद्ध घोषणा भइसक्यो उता चाहीँ । अब चाहीँ हाम्रो नेपालबाट परराष्ट्रमन्त्रीज्युले छिटो, छरितो एकदम तन, मन लगाएर आफ्नो बच्चाहरुलाई छिटो लिएर आउनु पर्‍यो । यो हाम्रो मात्रै चिन्ताको विषय होइन । उहाँहरुले पनि चिन्ता गर्नु पर्छ ।’

‘उनीहरु अहिलेसम्म चाँही सेफमै बसेका छन् । बंकर छैन । उनीहरु आत्तिराखेका छन । हामीलाई बंकर भएको ठाउँतिर छिटो सारिदिनु पर्‍यो भनेर भनिरहेका छन । उनीहरु त्यो ठाउँबाट भन्दा २५५ किलोमिटर भित्र नै छन । फेरि हामीहरुकोमा नआउला भन्न सकिँदैन । छिटो हामीलाई उद्धार गर भनेर हामीलाई बारम्बार तनाव दिईरहेका छन् । फोन गरिरहेका छन । सुरक्षित ढंगले छिटो हाम्रा बच्चाहरुलाई फिर्ता गराइदेउ सरकार ।’

पीडित पक्षले ती विद्यार्थीसँग पराराष्ट्रमन्त्री साउदसँग भर्चुअल्ली सम्पर्क समेत गराएका थिए । यता सरकारले पनि सो द्वन्द्वमा निधन भएका नौ जनाको शव र फसेकाहरुको उद्धारको लागि विमानलाई तयारी अवस्था राख्ने निर्णय गरिसकेको छ । सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा परराष्ट्र मन्त्री साउद नेतृत्वको समन्वय संयन्त्र गठन गरेको छ ।