२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्करबाट विपिनको सन्देश– ‘१० जना साथी गुमायौं, हामी पनि खतरामा छौँ’



अ+ अ-

कैलाली । यतिबेला इजरायल र प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासको युद्धले इजरायल आतंकित रहेको छ । युद्धमा परी इजरायली क्षेत्रमा ७०० भन्दा बढीले ज्यान गुमाएका छन् भने गाजामा ४१३ जनाको मृत्यु भईसकेको छ । जसमा १० जना नेपाली विद्यार्थी पनि रहेका छन् ।

इजरायलमा रहेका नेपालीहरूले उद्धारमा सरकारले ढिलाइ गरिरहेको छ । सुदूर पश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट इजरायल पुगेका विपिन सुबेदीले भिडियो सन्देश पठाउँदै उद्धारमा ढिलाई हुँदा थप समस्या हुन सक्ने बताएका छन् । बङ्कर भित्र लुकेर बसेका सुबेदीसहित ५ जनाले उद्धारको अपिल गरेका छन् । उनीहरु ३ दिन देखि बङ्करमा रहेको बताएका छन् ।

भिडियोमार्फत उनले भनेका छन्, ‘हामी यहाँ पाँच जना छौं। अहिले देखिरहनुभएको छ-यो बंकर हो। हामी जहाँ बसिरहेका छौं। यो बंकरमा हामी करिब तीन दिन भयो बस्न थालेको। यो बंकरमा हिजो साँझदेखि हामीलाई एम्बेसीले उद्धार गर्छ कि भनेर लुगा लगाएर, लगाएजस्तो गरी बसिरहेका छौं। आश त्यति छ हामीलाई।’

‘अहिले यहाँ बिहानको ८ बजेको छ। बिहान भएर हामीलाई यो बनाउन आँट आइरहेको छ। जब साँझ पर्छ, यो बंकरमाथि पनि मिसाइल खस्दा एकदम दर्दनाक हुन्छ। हामीले १० जना साथी त गुमाइसक्यौं। अझै पनि हामी आफू पनि गुम्छौं कि भन्ने डर छ। १० जना साथीहरूले गरेको हार गुहार हामीलाई याद आउँछ’ उनी भन्छन्, ‘यहाँ आएर हाम्रो साथीहरूलाई जस्तै हामीलाई पनि बर्बरता पूर्वक मारो भने हामी पनि त्यसै गरि मर्ने ?’

धेरै समय बङ्करमा पनि रहन नसके उनीहरू बताउँछन् । ३९ जनामा १० जना गुमाइसकेको भन्दै बचेकाहरूलाई उद्धार गर्ने उनले आग्रह गरे। उनी भन्छन्, ‘हामी यत्रो ३९ जनामा १० जना त गुमाइसक्यौं। अझै पनि जति बचेका छौं, त्यतिलाई त केही न केही गर्न सकिन्छ होला नी। देश फर्केर हामीले पनि त केही न केही गर्थ्यौं होला। केही न केही चाहि गरिदियोस्।’