२६ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जा क्षेत्रका उद्यमीसँग आज प्रधानमन्त्री शाहको छलफल हुँदै केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास शुरु



अ+ अ-

काठमाडौँ । जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास शुरु भएको छ ।

सोमवार बिहान पारिवारिक इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरु पूरा गरेकोमा खुशी लागेको बताउनुभएको हो । उहाँले पारिवारिक इजलासले महिलावादी मुदद, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हीत, सरोकार र हेरचाह सम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरुपण गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पारिवारिक इजलासले महिला र बालबालिकावादी मुद्दाको छिनोेफानो चाँडो टुंग्याउने भन्दै आगामी दिनमा अन्य ठाउँमा पनि यस किसिमका इजलास बिस्तार गर्ने बताउनु भयो । उहाँले पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरुले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरुपण गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं जिल्ला अदालतमा दुई वटा पारिवारिक इजलास राख्ने भन्नेकुरा संसदीय सुनुवाई समितिमा भनेको थिएँ । त्यो आज मूर्त रुप दिन पाउँदा मलाई खुशी लागेको छ । पारिवारिक इजलासको महत्व किन हुन्छ भने यसमा हामी महिलावादी भएका अंशमुद्दा, नाताका मुद्दाहरु, घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हीत, सरोकार र हेरचाह सम्बन्धी जोडिएका र अत्यन्त छिटो र छरितो रुपमा किनारा गरिदिनुपर्ने खालका देवानी प्रकृतिका मुद्दाहरुलाई एउटा डेडिकेटेड बेन्च, पारिवारिक इजलासको नामबाट शुभारम्भ गरौँ भन्ने उद्देश्य हो । यो सायद हाम्रो न्यायिक प्रणाली र इतिहासमा पनि पहिलो पटक नै हो ।’

‘यसले विशेष गरी महिलावादी भएर चल्ने अंश मुद्दामा छिटो छरितो, चाँडो फैसला गर्नसक्छ भन्ने उद्देश्य हो । काठमाडौं जिल्लामा त धेरै मुद्दाको संख्या, धेरै लोड छ तथापि उहाँहरुलाई प्राथमिकता दिन नसकेर, उहाँहरुलाई हेरविचार गर्न नसक्ने स्थिति होला भनेर महिला, बालबालिकाका लागि एउटा फेमिली बेन्चको नामाकरणबाट गरिएको छ । यसले महिलाहरुको लागि केही न केही भएपनि जुन कानूनमा समस्या परेर आउनेका लागि छिटो छरितो र विश्वास गर्न सकिने न्याय आशा छ । यो इजलासमा बस्ने न्यायाधीशहरुले यो मक्सदलाई पूरा गर्ने दृष्टकोणबाट हेर्नुहोला । यो सफल भए अन्य मुद्दा पनि हामी थप्न सक्छौँ ।’

प्रधानन्यायाधीश श्रेष्ठले मुद्दाको चापलाई हेरेर आगामी दिनमा माना चामल मुद्दा, सम्बन्ध बिच्छेद लगायतका मुद्दा पनि पारिवारिक इजलासबाट निरुपण गर्ने बताउनु भयो ।