२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

माडीमा राम सीताको मूर्ति प्रतिस्थापन

माडीमा राम सीताको मूर्ति प्रतिस्थापन
अ अ+ अ-

चितवन । माडीको अयोध्याधाममा भव्य समारोहबीच राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ । अयोध्याधाममा बुधबार आयोजित समारोहमा धार्मिक गुरुहरु, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा मूर्ति प्रतिस्थापन गरिएको हो ।
मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी हस्तान्तरण गर्नुभएका मूर्ति आज अयोध्याधाम पु¥याई त्यहाँ निर्माण गरिएको मन्दिरमा प्रतिस्थापन गरिएको हो । सो अवसरमा प्रदेश नं ३ का प्रमुख विष्णु प्रसाई, प्रदेश नं २ का प्रमुख राजेश अहिराज, पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतको उपस्थिति थियो ।
 

कार्यक्रममा मन्त्री ढकालले धार्मिक पर्यटनका लागि यो कार्य महत्वपूर्ण सावित हुने बताउनुभयो । उहाँले राम नेपालकै पुत्र भएको बताउँदै भन्नुभयो, “धर्मशास्त्रमा पवित्र तीर्थस्थल देवघाटमा रामले स्नान गरेको उल्लेख छ ।”  राजनीतिक आग्रह पूर्वाग्रहले नभई धर्मशास्त्रमा तथ्यले पुष्टि गरेका कारण राम माडीको अयोध्यापुरीमा नै जन्मिएको उहाँको दाबी थियो ।
 
सो अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले माडीलाई मणि बनाउन केन्द्र र प्रदेश सरकार लागिपरेको बताउनुभयो । उहाँले यस क्षेत्रको विकासका लागि कोही बाधक बन्न नहुने बताउँदै भन्नुभयो, “पर्यटन प्रवद्र्धनमा यो कार्यले महत्वपूर्ण भूमिका खेल्ने छ ।” अयोध्याधाम व्यवस्थापन समितिका संयोजक तीर्थ भुसालको अध्यक्षतामा भएको कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, अयोध्याधाम अनुसन्धानकर्ता लोकमणि पौडेल, माडी नगरपालिकाका उपप्रमुख ताराकाजी महतोलगायतले धामको विकासमा सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।
 
बाजागाजा र भजनकीर्तनसहित मूर्ति प्रतिस्थापन गरिएको थियो । सो अवसरमा पण्डित सुदर्शन सुवेदीले विशेष पूजा गराउनुभएको थियो । यसअघि मूर्तिसहितको शोभायात्रालाई माडीका स्थानीयले सडकका ठाउँठाउँमा स्वागतद्वार र घडा सजाएर स्वागत गरेका थिए भने विभिन्न चोकचोकमा भजनकीर्तन गरेका थिए ।
 
मङ्गलबार साँझ देवघाट आइपुगेको सो शोभायात्रा आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ढकाल, गलेश्वर आश्रमका पिठाधीश महामण्डलेश्वर आत्मानन्द गिरी जि महाराज, देवघाट क्षेत्र विकास समितिका पदाधिकारीसहितको उपस्थितिमा स्वस्थी वाचनसहित बिदाइ गरिएको थियो । बिहान देवघाट सङ्गमस्थलको पवित्र जलले जलाभिषेकसँगै मूर्तिलाई देवघाटबाट बिदाइ गरिएको हो ।
 
गत असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया शुरू भएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति निर्माण गरिएको थियो । मूर्तिलाई मङ्गलबार पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित पूजा गरेर ल्याइएको हो ।
रासस