२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित क्षेत्रबाट बालबालिका लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश सुदूरपश्चिममा मानवअधिकार संरक्षणमा बहुआयामिक चुनौती गुल्मीमा ३८ जातका कफीको परीक्षण कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना विस्थापित बालबालिकालाई विद्यालय शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार भोटेकोशी बाढी उद्धारमा चीनले दिएको भारी क्षमताका ड्रोन परिचालन बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाविरुद्ध मैदानमा उत्रने बित्तिकै कप्तान रोहित शर्माले रचे इतिहास



अ+ अ-

एजेन्सी । चेन्नईको एमए चिदम्बरम क्रिकेट स्टेडियममा आईसीसी विश्वकप २०२३ मा अष्ट्रेलियासँग टिम इन्डिया भिड्दैछ । अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ थालेको छ ।

भारतीय कप्तान रोहित शर्माले विश्वकपको पहिलो खेलमा मैदान उत्रनेबित्तिकै अनौठो कीर्तिमान बनाएका छन् ।

वास्तवमा, रोहित शर्मा ५० ओभरको विश्वकपमा भारतीय टोलीको कप्तानी गर्ने सबैभन्दा पाका कप्तान बनेका छन् । रोहितले अष्ट्रेलियाविरुद्ध मैदानमा उत्रिएसँगै यो अनौठो कीर्तिमान आफ्नो नाममा बनाएका छन् ।

रोहितको उमेर अहिले ३६ वर्ष १६१ दिन छ । रोहितले यस मामिलामा मोहम्मद अजहरुद्दिन र राहुल द्रविडलाई पछाडि छोडेका छन् । अजहरुद्दिनले ३६ वर्ष १२४ दिनको उमेरमा विश्वकपमा भारतीय टोलीको नेतृत्व गरेका थिए ।