२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाविरुद्ध मैदानमा उत्रने बित्तिकै कप्तान रोहित शर्माले रचे इतिहास



अ+ अ-

एजेन्सी । चेन्नईको एमए चिदम्बरम क्रिकेट स्टेडियममा आईसीसी विश्वकप २०२३ मा अष्ट्रेलियासँग टिम इन्डिया भिड्दैछ । अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ थालेको छ ।

भारतीय कप्तान रोहित शर्माले विश्वकपको पहिलो खेलमा मैदान उत्रनेबित्तिकै अनौठो कीर्तिमान बनाएका छन् ।

वास्तवमा, रोहित शर्मा ५० ओभरको विश्वकपमा भारतीय टोलीको कप्तानी गर्ने सबैभन्दा पाका कप्तान बनेका छन् । रोहितले अष्ट्रेलियाविरुद्ध मैदानमा उत्रिएसँगै यो अनौठो कीर्तिमान आफ्नो नाममा बनाएका छन् ।

रोहितको उमेर अहिले ३६ वर्ष १६१ दिन छ । रोहितले यस मामिलामा मोहम्मद अजहरुद्दिन र राहुल द्रविडलाई पछाडि छोडेका छन् । अजहरुद्दिनले ३६ वर्ष १२४ दिनको उमेरमा विश्वकपमा भारतीय टोलीको नेतृत्व गरेका थिए ।