५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत विधेयकमा एमालेको आशंका– कतैबाट प्रेरित बन्न पुग्यो की



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद गोर्कण बिष्टले सरकारले संसदमा प्रश्तुत गरेको विद्युत विधेयक कतैबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा विद्युत विधेयक २०८० माथिको छलफलमा भाग लिँदै उहाँले विधेयक कहीँबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गर्नुभएको हो । उहाँले विधेयकले नेपालको राष्ट्रिय हितलाई आँखा चिम्लिएको बताउनु भयो । उहाँले कुनै समयमा गरिएको सम्झौता र शर्तहरुलाई प्राथमिकतामा राखेर ड्राफ्ट गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एकातिर प्रतिष्पर्धाको कुरा गरिएको छ तर अर्कोतिर फेरिपनि सोझै सम्झौतामार्फत ५ मेघावाट विद्युत सम्मपनि दिन सकिने गरी प्रावधानपनि राखिएको छ । यसले कुनै न कुनै हिसावले प्रतिस्पर्धालाई हतोत्साही गर्ने सम्भावना देखाएको छ । यस्ता अनेकन विषयमा प्रष्टता हुन जरुरी छ ।

यो विधेयकमा २०६५ सालमा पनि पर्याप्त प्रावधानहरु सहित संसदमा विधेयक प्रश्तुत गरिएको थियो । त्यसपछि पनि विभिन्न महत्वपूर्ण विषयहरुलाई समेटेर संसदमा प्रश्तुत गरिएको थियो । ति यावत् विषयहरुलाई यो ऐनले आँखा चिम्लेको छ वा बेवास्ता गरेको छ । अहिले कुनै न कुनै हिसावले यो विधेयक कहिँबाट अलि ज्यादा प्रेरित बन्न पुग्यो कि ? वा हाम्रो राष्ट्रिय हितलाई यसले आँखा चिम्लिन पुग्यो कि ? वा कुनै समयमा गरिएको सम्झौता र शर्तलाई प्राथमिकतामा राखेर यो ड्राफ्ट आयो कि भन्ने मेरो आशंका छ । यद्यपी मैले आरोप लगाउन चाहँदिन । तर यो विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्ने सन्दर्भमा पर्याप्त गृहकार्य गर्नु जरुरी छ । यसतर्फ गम्भिरता साथ ध्यान जाओस् ।’

उहाँले विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्न पर्याप्त गृहकार्यको जरुरी रहेको बताउनु भयो ।