९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सडक दुर्घटना रोक्न सडक सुरक्षामा सरकारले ध्यान दिनुपर्‍यो: सांसद तामाङ

सडक दुर्घटना रोक्न सडक सुरक्षामा सरकारले ध्यान दिनुपर्‍यो: सांसद तामाङ
अ अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले चाडपर्वको बेलामा हुने सडक दुर्घटना रोक्न प्रभावकारी रुपमा सडक सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद तामाङले नजिकिँदै गरेको चाडपर्वहरु दशैँ र तिहारमा गाउँ आवतजावत गर्दा दुर्घटना हुने गरेको भन्दै सडक सुरक्षाको लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले यात्रुहरुले सवारी साधनको अभाव, महंगिको समस्या र टिकट उपलब्धताको समेत समस्या भोग्नुपरेको भन्दै यसप्रति पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले काठमाडौँ उपत्यकामा हुने चोरी र लुटपाटको पनि नियन्त्रण गर्न सरकारलाई अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘काठमाडौं उपत्यका र मुलुकका विभिन्न शहरहरुबाट धेरै नेपालीहरु गाउँमा जान्छन् । त्यस क्रममा यातायातका साधनहरुको अभाव, महंगिको समस्या, टिकटको उपलब्धतामा समस्या भन्ने कुराहरु आएकै छन् । त्यतिमात्रै होइन सडक दुर्घटनाबाट रोक्नको निमित्त सडक सुरक्षाको व्यवस्था तदारुकता र प्रभावकारी बनाउनको निमित्त म सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहान्छु । यात्रुहरुमाथि अनावश्यक दु:ख दिने, लुटपाट गर्ने र काठमाडौं उपत्यका लगायतका शहरहरुमा मान्छेहरु कमी हुँदै जान्छन् त्यसबिचमा चोरी बढ्ने, लुटपाटका घटना हुने गर्छन् । त्यस खालका कामहरुलाई रोक्नको निमित्त म गृहमन्त्रीको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भड्काउने गतिविधिहरुलाई बेलैमा नियन्त्रण गर्नुपर्ने बताउनु भयो । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नको निमित्त संसदमा रहेका सबै राजनीतिक दलहरुको तर्फबाट संयुक्त रुपमा पहल गर्नुपर्ने उहाँले बताउनु भयो ।