२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि प्रधानमन्त्री दाहालले समकक्षी नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्छ: एमाले



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरुलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारसँग आग्रह गरेको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सो आक्रमणमा परी बन्दी जीवन विताईरहेका नेपालीहरुको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताउनु भयो । उहाँले सो आक्रमणमा परी घाइते भएका नेपालीहरुको उपचार गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । विदेशमा रहेका नागरिकहरुको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने प्रमुख सचेतक गिरीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘हिजो मात्रै दक्षिणी इजरायलमा हमासको जुन आक्रमण भयो । त्यो आक्रमणपछि त्यहाँको वातावरण अत्यन्तै भयावह भएको कुरा विभिन्न सञ्चार माध्यामहरुमा आएको छ । र, त्यसमा हाम्रा नेपाली दाजभाई, दिदीबहिनीहरु पनि त्यो घटनामा परेको र केही गम्भिर घाइते भएको, केही अहिलेसम्म हराईरहेको र केही अत्यन्तै कष्टपूर्ण स्थितिमा घर भित्र लुकेर बस्नु परेको काम गर्ने कारखाना, नर्सिङ होमलगायतका ठाउँहरुमा लुकेर बस्नुपरेको र छिटो भन्दा छिटो आफनो जीवन उद्दार गर्नका लागि अपिल गरेका विभिन्न कुराहरु बाहिर आएका छन । यतिबेला म सरकारलाई आग्रह गर्न चाहन्छु–नेपाली दाजुभाई दिदीबहिनीहरु आज विदेशमा विभिन्न काम र उद्देश्यले त्यहाँ हुनुहुन्छ । आज त्यहाँ यति ठूलो विपत्ति आइपरेको छ । वास्वतमा भन्ने हो भने एक मिनट पनि उद्धारका निम्ति, उहाँहरुको जीवन रक्षाका निम्ति हामीले ढिलाई गर्न सक्ने अवस्था छैन । यो देशमा सरकार छ । मुलुकमा राज्य छ ।’

‘ती नागरिकहरुको अभिभावक यो सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढंगले आफ्ना कदमहरुलाई अगाडि बढाउनु पर्छ भन्ने म ठान्छु । सरकारले एउटा विज्ञप्ती जारी गरेर मात्रै पुग्दैन सभामुख महोदय । सरकारले संसदमा आएर त्यहाँको घटनाको विवरण दिएर मात्रै पनि पुग्दैन सभामुख महोदय । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग फोन गर्नुपर्‍यो । हाम्रा नागरिकहरुको छिटो भन्दा छिटो जीवन रक्षा हुनु पर्‍यो । उनीहरुलाई उद्धार गर्नुपर्‍यो । उनीहरुको उपचारको काम तुरुन्त हुनु पर्‍यो । यहाँका प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग सिधासिधा छलफल गर्नुपर्छ भन्ने म ठान्छु । त्यतिमात्रै होइन सभामुख महोदय । अहिले यूएन महासभाका बैठकहरु चलिराखेका छन । अहिले हाम्रा प्रतिनिधिहरुले अहिले नेपालीहरुले त्यहाँ भोगेका पीडाबारे विषयहरु उठाउनु पर्‍यो । युएनको ध्यानकर्षण गराउनु पर्‍यो । र, हाम्रा नेपाली दाजुभाई, दिदीबहिनीहरुको जीवन रक्षाका लागि लाग्नुपर्‍यो । ’

प्रमुख सचेतक गिरीले सरकारले सो आक्रमणमा परेर घाईते भएकाहरुलाई तुरुन्तै उपचारको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनु भयो ।