• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै ★   तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी ★   देशभर नै बदली, कोशी प्रदेशमा हावाहुरीसहित वर्षा हुँदै ★   खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना ★   कोशी प्रदेशमा छैठौं पटक सरकार गठनका लागि आह्वान ★   हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज ★   बायर्नलाई हराउँदै रियल मड्रिड च्यम्पियन्स लिगको फाइनलमा ★   हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद ★   सरकारले सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने ★   सन्दिप प्रकरण: आफू बिरुद्ध ‘नियोजित षडयन्त्र गर्नेलाई’ कानूनी दायरामा ल्याउने पारस खड्काको चेतावनी

चाडपर्वका बेला जनतालाई सास्ती नदिन सरकार चनाखो हुनुपर्छ: सांसदहरु



संघीय संसद

काठमाडौँ । सांसदहरुले दशैँलगायतका चाडपर्वमा कालोबजारी हुने गरेको भन्दै त्यसलाई चनाखो भएर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

दशैँलगायतका चाडपर्व नजिक आइरहेका बेला आईतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले दुर्गम क्षेत्रमा नागरिकलाई सहज र सुलभ मूल्यमा चामललगायतका खाद्यबस्तुको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग समेत गरे । बैठकमा बोल्दै सांसद विना लामाले चाडबाडमा मात्रै चामल खाने दुर्गम क्षेत्रका नागरिकका लागि सरकारले सस्तोमा गुणस्तरीय खाद्य वस्तुहरु उपलब्ध गराउनुपर्ने बताउनु भयो । उहाँले न्युन आयस्रोत भएका जनताले उपभोग गर्न नसक्ने गरी मूल्य वृद्धि बढेकाले त्यस्ता व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई दबाब दिनुभयो ।

सांसद लामाले भन्नुभयो, ‘अहिले नजिकिदै गएको चाडपर्वमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य जनताको हितमा नरहेको, विशेष गरी न्युन आयस्रोत भएका व्यक्तिहरुले उपभोग गर्न नसक्ने, उनीहरुको चुलो नै निभ्न सक्ने गुनासाहरु आउन थालेका छन् । दुर्गम गाउँमा दशैँमा एक पटक चामल खानका लागि पनि मूल्यवृद्धिका कारण नसक्ने अवस्था आएको गुनासो गरिरहनुभएको छ । विशेष गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसमा न्युन मूल्य निर्धारण गरेर गाउँगाउँसम्म सहज रुपमा उनीहरुले गुणस्तरयुक्त खानेकुराहरु गर्नका लागि सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । ’

सांसद विनिताकुमारी सिंहले चाडपर्वका बेला कालोबजारी गर्ने जस्ता अपराधिक गतिविधि हुने गरेको भन्दै त्यसलाई समयमै रोक्न सरकारसँग माग गर्नुभयो । उहाँले विषाधि चेकजाँच गरेर मात्रै खाद्य वस्तुहरुलाई बिक्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गर्नुभयो ।

सांसद सिंहले भन्नुभयो, ‘विषादी चेकजाँच गरेर मात्रै खाद्यवस्तुको बिक्री वितरण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । दशैँलगायतका चाडपर्वको मौका छोपेर खाद्य वस्तुमा पनि मिसावट गर्ने, आफूखुशी मूल्यवृद्धि गर्ने, कालोबजारी गर्ने । साथै म्याद गुज्रेका सामान बिक्रीवितरण गर्नेजस्ता अपराधिक गतिविधिहरु समयमै रोक्नका लागि सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु । ’

सांसद विजुला रायमाझीले चाडबाडका बेला सवारी दुर्घटना अधिक हुने गरेको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले गुणस्तरहिन खाद्य वस्तुको बिक्रीवितरण हुन नदिनका लागि पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद रायमाझीले भन्नुभयो, ‘शहरको महंगी, कालोबजारी र गुणस्तरहिन वस्तु र सेवाले जनता पीडित हुँदैछन् । चाडबाडमा सवारी दुर्घटना प्रशस्त हुने र यो सवारी दुर्घटना न्युन गर्नका लागि सरकार चनाखो बनोस् । ’

सांसद रायमाझीले चाडपर्वका बेला जनतालाई मारमा पार्ने खालका कुनैपनि गतिविधि हुन नदिन सरकार चनासो हुनुपर्ने बताउनु भयो । रासस