९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

चाडपर्वका बेला जनतालाई सास्ती नदिन सरकार चनाखो हुनुपर्छ: सांसदहरु

चाडपर्वका बेला जनतालाई सास्ती नदिन सरकार चनाखो हुनुपर्छ: सांसदहरु
संघीय संसद। फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । सांसदहरुले दशैँलगायतका चाडपर्वमा कालोबजारी हुने गरेको भन्दै त्यसलाई चनाखो भएर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

दशैँलगायतका चाडपर्व नजिक आइरहेका बेला आईतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले दुर्गम क्षेत्रमा नागरिकलाई सहज र सुलभ मूल्यमा चामललगायतका खाद्यबस्तुको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग समेत गरे । बैठकमा बोल्दै सांसद विना लामाले चाडबाडमा मात्रै चामल खाने दुर्गम क्षेत्रका नागरिकका लागि सरकारले सस्तोमा गुणस्तरीय खाद्य वस्तुहरु उपलब्ध गराउनुपर्ने बताउनु भयो । उहाँले न्युन आयस्रोत भएका जनताले उपभोग गर्न नसक्ने गरी मूल्य वृद्धि बढेकाले त्यस्ता व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई दबाब दिनुभयो ।

सांसद लामाले भन्नुभयो, ‘अहिले नजिकिदै गएको चाडपर्वमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य जनताको हितमा नरहेको, विशेष गरी न्युन आयस्रोत भएका व्यक्तिहरुले उपभोग गर्न नसक्ने, उनीहरुको चुलो नै निभ्न सक्ने गुनासाहरु आउन थालेका छन् । दुर्गम गाउँमा दशैँमा एक पटक चामल खानका लागि पनि मूल्यवृद्धिका कारण नसक्ने अवस्था आएको गुनासो गरिरहनुभएको छ । विशेष गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसमा न्युन मूल्य निर्धारण गरेर गाउँगाउँसम्म सहज रुपमा उनीहरुले गुणस्तरयुक्त खानेकुराहरु गर्नका लागि सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । ’

सांसद विनिताकुमारी सिंहले चाडपर्वका बेला कालोबजारी गर्ने जस्ता अपराधिक गतिविधि हुने गरेको भन्दै त्यसलाई समयमै रोक्न सरकारसँग माग गर्नुभयो । उहाँले विषाधि चेकजाँच गरेर मात्रै खाद्य वस्तुहरुलाई बिक्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गर्नुभयो ।

सांसद सिंहले भन्नुभयो, ‘विषादी चेकजाँच गरेर मात्रै खाद्यवस्तुको बिक्री वितरण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । दशैँलगायतका चाडपर्वको मौका छोपेर खाद्य वस्तुमा पनि मिसावट गर्ने, आफूखुशी मूल्यवृद्धि गर्ने, कालोबजारी गर्ने । साथै म्याद गुज्रेका सामान बिक्रीवितरण गर्नेजस्ता अपराधिक गतिविधिहरु समयमै रोक्नका लागि सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु । ’

सांसद विजुला रायमाझीले चाडबाडका बेला सवारी दुर्घटना अधिक हुने गरेको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले गुणस्तरहिन खाद्य वस्तुको बिक्रीवितरण हुन नदिनका लागि पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद रायमाझीले भन्नुभयो, ‘शहरको महंगी, कालोबजारी र गुणस्तरहिन वस्तु र सेवाले जनता पीडित हुँदैछन् । चाडबाडमा सवारी दुर्घटना प्रशस्त हुने र यो सवारी दुर्घटना न्युन गर्नका लागि सरकार चनाखो बनोस् । ’

सांसद रायमाझीले चाडपर्वका बेला जनतालाई मारमा पार्ने खालका कुनैपनि गतिविधि हुन नदिन सरकार चनासो हुनुपर्ने बताउनु भयो । रासस