२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका, भारत र ईयूलगायत विश्व समुदायद्वारा इजरायलमाथि हमासको आक्रमणको निन्दा, इरानद्वारा हमासको पक्षमा समर्थन



अ+ अ-

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले गाजापट्टी शनिबार भएको घटनाले विश्व समुदायलाई चिन्तित बनाएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख भोल्कर तुर्कले भन्नुभयो, “म हिंसा तत्काल रोक्न आह्वान गर्दछु र थप रक्तपात हुन नदिन सबै पक्ष र यस क्षेत्रका प्रमुख देशहरुलाई तनाव कम गर्न अपिल गर्दछु ।”

उहाँले इजरायली नागरिकलाई बन्धक बनाइएको भन्ने खबरप्रति आफू निकै चिन्तित रहेको बताउनु भएको छ ।

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो । गाजापट्टीमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको आक्रमणपछि हमाससँग युद्ध भइरहेको बताएको छ ।

अमेरिकाले इजरायलविरुद्ध हमास ‘आतङ्ककारी समूह’का लडाकूले गरेको आक्रमणको ‘स्पष्ट शब्दमा’ निन्दा गरेको ह्वाइट हाउसले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हमासका आतङ्ककारीहरूले इजरायली नागरिकमाथि गरेको अकारण आक्रमणको संयुक्त राज्य अमेरिका कडा एवं स्पष्ट शब्दमा निन्दा गर्दछ ।”

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीसँग कुरा गर्दै यस अभियानको बारेमा इजरायली साझेदारहरूसँग घनिष्ठ सम्पर्कमा रहने बताउनुभएको छ ।

वाट्सनले भन्नुभयो, “हामी इजरायल सरकार र जनताको साथमा दृढतापूर्वक उभिएका छौं र यी आक्रमणमा ज्यान गुमाएका इजरायलीका आपन्तजनप्रति समवेदना प्रकट गर्दछौं ।”

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकूसमूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यवद्धताका साथ उभिएको बताउनुभउको छ । “इजरायलमा आतङ्कवादी हमलाको खबरले म स्तब्ध भएको छु,” मोदीले ट्वीटरमा लेख्नुभएको छ, “यस कठिन घडीमा हामी इजरायलको साथमा छौं ।”

त्यसैगरी ब्रसेल्सबाट प्राप्त समाचारमा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणपछि युरोपेली सङ्घ ९ईयू० का विदेश नीति प्रमुख जोसेप बोरेलले शनिबार सर्वसाधारणलाई बन्धक बनाउने कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै निन्दा गर्नुभएको छ । उहाँले एक्स ९ट्वीटर० मा लेख्नुभएको छ, “नागरिकहरूलाई उनीहरूको घर वा गाजामा बन्धक बनाइएका समाचारहरू डरलाग्दो छन् । यो अन्तर्राष्ट्रिय कानुनविपरीत छ । बन्धक बनाइएकाहरूलाई तुरुन्तै रिहा गर्नुपर्छ ।”

रूसी विदेश मन्त्रालयले ‘युद्ध’ लाई तत्काल रोक्न र बृहत् तथा स्थायी शान्तिको लागि आग्रह गरेको छ ।

आक्रमणप्रति बेलायत, फ्रान्स, जर्मनी, यमनलगायतका विश्व समुदायले पनि चासो व्यक्त गरिसकेका छन् । उनीहरूले प्यालेटिनी क्षेत्रमा भएको युद्ध अन्त्यको लागि कामना गरेका छन् भने स्थायी शान्ति कायम गर्न द्वन्द्वरत दुवै पक्षसँग आह्वान गरेका छन् ।

साउदी अरबको विदेश मन्त्रालयले दुई पक्षबीचको तनाव तत्काल रोक्न, नागरिकको सुरक्षा र आत्मसंयमका लागि आह्वान गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “साउदी अरबले दुई पक्षबीचको तनाव तत्काल रोक्न, नागरिकको सुरक्षा र आत्मसंयमका लागि आह्वान गर्दछ । प्यालेस्टाइनी जनतालाई उनीहरूको वैध अधिकारबाट निरन्तर बञ्चित गरिँदा विस्फोटक स्थितिको खतरा उत्पन्न भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

इरानद्वारा हमासद्वारा इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भन्नुभएको छ ।

“हामी यो अभियानलाई समर्थन गर्दछौं,’ याह्या रहिम सफावीले उद्धृत गर्दै आईएसएनए समाचार एजेन्सीले लेखेको छ । सफावीले प्यालेस्टाइन र जेरुसेलमको मुक्ति नभएसम्म प्यालेस्टाइनी लडाकूलाई समर्थन गरेको बताउनुभयो । शनिबार संसदको बैठकमा इरानी सांसदहरूले ‘डाउन विथ इजरायल’, ‘डाउन विथ अमेरिका’ र ‘वेलकम प्यालेस्टाइन’ जस्ता नारा लगाएका थिए ।