२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा हमासको आक्रमण, सयौं मारिएको आशंका



अ+ अ-

इजरायलमा शनिबार बिहानै प्यालेस्टिनी हमास समूहले गरेको जबर्जस्त आक्रमणबाट ७० भन्दा बढी इजरायली नागरिकको मृत्यु भएको छ ।

जवाफमा इजरायलले पश्चिमी गाजा क्षेत्रमा गरेको हवाई  प्रत्याक्रमणमा २०० भन्दा बढीको ज्यान गइसकेको छ ।

रिपोर्ट अनुसार, अझै पनि केही इजरायली सैनिक र नागरिक हमास लडाकुको कब्जामा रहेका छन् । बन्धक बनाइएका इजरायली नागरिकलाइ हमासका लडाकूले प्यालेस्टिनी क्षेत्रतर्फ लगेका दृश्यहरू देखिएका छन् । तर कति मानिस हमासको कब्जामा छन् भन्ने स्पष्ट भइसकेको छैन ।

बन्धक बनाएका इजरायलीलाइ गाजा तर्फ लैजादै हमासका लडाकू । तस्वीरः एपी

हमासका लडाकूको गोलाबारी र गाजाबाट प्रहार गरिएका क्षेप्यास्त्र लागेर घाइते ठूलो संख्यामा इजरायली नागरिक घाइते भएका छन् । अस्पताल स्रोतका अनुसार, झण्डै सात सय इजरायलीहरू अस्पतालमा भर्ना भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ ।

हमासले गाजाबाट प्रहार गरेको क्षेप्यास्त्रबाट दक्षिणी इजरायलको एक पार्किङ क्षेत्रमा क्षतिग्रस्त सवारी साधनहरू । तस्वीरः एपी

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले आफ्नो मुलुक युद्धमा रहेको बताउनु भएको छ ।

संयुक्त राज्य अमेरिका समेतका पश्चिमा देशहरूले इजरायलले आत्मरक्षा गर्न पाउने बताइरहेका छन् भने केही देशले संयम अपनाउन आग्रह गरेका छन् ।