२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानले बंगलादेशलाई दियो १५७ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ मा आज दुई खेल हुँदैछन् । धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम (एचपीसीए)मा पहिलो खेल अफगानिस्तान र बंगलादेशबीच जारी छ । बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय लियो ।

३७.२ ओभरमा अफगानिस्तान अलआउट हुँदै १५६ रन बनाएको छ । बंगलादेशलाई जितका लागि १५७ रनको लक्ष्य मिलेको छ ।

अफगानिस्तानको टोलीले राम्रो सुरुवात गरेको थियो । टोलीले पहिलो १० ओभरमा एक विकेट गुमाएर ५० रन बनाएको थियो । इब्राहिम जाद्रान २२ रन बनाएर आउट भए । रहमानुल्लाह गुरबाजले ६२ बलमा ४७ रन जोडेका थिए । तर, त्यसपछि अफगानिस्तान दबाबमा आयो । हशमातुल्लाह शाहिदिले ३८ बलमा १८ रन जोडे ।

रहमात शाहले पनि २५ बलमा १८ रन जोडे । नजिबुल्लाह जार्दान १३ बलमा ५ रनमात्रै जोडेर आउट भए । मोहम्मद नाबीले पनि १२ बलमा ६ रन मात्रै जोडे । यस्तै, अजमातुल्लाह ओमारजाईले २० बलमा २२ रन जोड्दा राशिद खानले १६ बलमा ९ रनमात्रै जोडे ।

बंगलादेशका लागि शाकिब अल हशन र मेहेदी हसन मिराजले ३–३ विकेट लिए भने शोरिफुल इश्लामले २ तथा ताश्किन अहमद र मुस्ताफिजुर रहमानले १–१ विकेट लिए ।