२२ असार २०८३, सोमबार
,
Latest
राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज विश्व पृथ्वी दिवस मनाइदै



अ+ अ-

काठमाडौं । आज विश्व पृथ्वी दिवस, विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइदै छ । संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । 

पृथ्वी माथि मानिसहरुले अव्यवस्थित दोहन गर्दा प्राकृतिक विपत्ति बढ्दै गएको छ । प्रकृति र पर्यावरण माथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी पर्न थालेको छ । औद्योगिक विकासको अस्वस्थ होडवाजीले जल, जंगल, जमिन र जीवजन्तुलाई नकारात्मक असर पर्दै गएको छ । पृथ्वी दिवस मनाउने प्रयास संयुक्त राज्य अमेरिकाले सन १९७० को अप्रिल २२ मा गरेको थियो । पृथ्वी दिवस अहिले १९० भन्दा बढी देशले मनाउने गरेका छन् । 

यो दिवस मनाउनेमा विश्वमा औद्योगिक प्रदुषण फैलाउने अमेरिका, चीन, बेलायत, प्रान्स, जापान जस्ता देश देखि जंगल बचाएर कार्वन बेच्ने, नेपाल, भूटान जस्ता देशहरु छन् । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियो शहरमा भएको पृथ्वी सम्मेलनले पृथ्वी दिवस मनाउने आवश्यकता औल्याएको थियो । फलस्वरुप २००९ मा राष्ट्र संघको ६३ औं महासभाले दिवस मनाउने निर्णय ग¥यो । पृथ्वी दिवस २०२१ लाई विश्वले ‘पृथ्वीलाई पुनस्थापित गरौं’ भनेर मनाइरहेको छ । 

अहिले जमिन मरुभूमिकरण बन्दै गएको, समुद्रको सतह बढुदै गएको, हिमालको हिउँ पग्लीरहेको, आगलागि, वन विनास जस्ता घटनाले पृथ्वी संकटमा छ । नेपाल विश्व सँगै जलवायु परिवर्तन र बढ्दो प्रदुशणको चपेटामा पर्दै गएको छ । यो वर्ष उच्च पहाड र हिमालहरुमा पर्याप्त हिउँ परेन भने झण्डै एक हप्ता देशैभरि प्रदुषण फैलिएर जनजीवनमा असर पुर्‍यायो ।

हिमालमा हिउँ परेन भने इन्डोनेशियाको जाकर्ता र माल्दिभ्स क्रमशः डुब्दै छ । पृथ्वी बचाउन जलवायु परिवर्तनको असर कम गर्न मानिसले व्यवहार परिवर्तन गर्न आवश्यक देखिन्छ । यसको सुरुवात जंगल क्षेत्र बढाउने र दिगो विकासका लागि वैकल्पिक उपाय लिने थालनि गर्नु पर्दछ ।