३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग

इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले चिकित्सा शिक्षण संस्थामा अध्ययनरत एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले न्यून पारिश्रमिक र श्रम शोषण भोगिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले इन्टर्न चिकित्सकहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिन्। सरकारी मेडिकल कलेजको तुलनामा निजी मेडिकल कलेजमा इन्टर्न चिकित्सकले निकै कम भत्तामा अत्यधिक समय काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

सांसद ओलीले नीतिगत कमजोरी र विद्यमान व्यवस्थाका कारण उदाउँदा चिकित्सकहरूको श्रम निरन्तर शोषण भइरहेको बताइन्। यसले दक्ष चिकित्सक विदेश पलायन हुने क्रम बढिरहेको उल्लेख गर्दै समयमै समस्या समाधान नभए नेपालले चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको गम्भीर अभाव सामना गर्नुपर्ने चेतावनी दिइन्।

उनले इन्टर्न चिकित्सकको समस्या चिकित्सकहरूको पेशागत हितमा मात्र सीमित नभई देशको समग्र स्वास्थ्य प्रणाली र जनस्वास्थ्यसँग जोडिएको राष्ट्रिय सरोकारको विषय भएको बताइन्।

ओलीका अनुसार विभिन्न कार्यदलले इन्टर्न चिकित्सकलाई आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने सिफारिससहितको प्रतिवेदन तयार गरी चिकित्सा शिक्षा आयोगमा बुझाइसकेको छ। तर प्रतिवेदन आयोगमा पुगेको करिब ९० दिन बितिसक्दा पनि आयोगको बैठक बसेर आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि नबढाइएको उनले गुनासो गरिन्।

नेपालको श्रम ऐन, २०७४ ले तोकेको कार्यघण्टा र न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने व्यवस्था इन्टर्न चिकित्सकहरूको हकमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको उल्लेख गर्दै उनले समान कामका लागि समान पारिश्रमिक तथा मर्यादित कार्यघण्टा सुनिश्चित गर्न सरकारसँग माग गरिन्।

सरकारबाट पटक–पटक आश्वासन प्राप्त भए पनि ठोस पहल नभएकाले इन्टर्न चिकित्सकहरूले आगामी शनिबारदेखि संगठनात्मक रूपमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरिसकेको जानकारी पनि उनले सदनलाई गराइन्।