१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु
फाइल फोटो
अ अ+ अ-

काठमाडाैँ । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रमसहित कार्यसञ्जाल विस्तार गरी समयसापेक्ष सेवा सञ्चालन गरेको छ ।

नेपाल सरकारले जारी गरेको १०० बुँदै कार्यक्रम कार्यान्वयन गर्नेक्रममा नेपाल प्रहरीले अघि सारेको सो अवधारणालाई आत्मसात् गर्दै रुपन्देही प्रहरीले सूचना प्रविधिको प्रयोगमा जोड दिई चुस्तदुरुस्त एवं नागरिकमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले ‘स्मार्ट पुलिसिङ’ को अवधारणाबमोजिम रुपन्देही जिल्लामा ‘क्राइम रेस्पोन्स भेहिकल’ (सिआरभी) र ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ (एसपिसिआर) सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

तुलनात्मक रुपमा जनघनत्व र खुला सीमा बढी भएको रुपन्देही जिल्लामा आपराधिक घटनासहित जोखिमको मात्र पनि बढी हुनसक्ने यथार्थलाई दृष्टिगत गरी सूचना प्रविधिमा आधारित भई द्रुत गतिमा सेवा प्रवाह गर्न लागेको उहाँले बताउनुभयो । प्रदेश प्रहरी प्रमुख खत्रीका अनुसार रुपन्देहीपछि बाँके, कपिलवस्तु, पश्चिम नवलपरासी, दाङलगायतका जिल्लामा पनि ‘स्मार्ट पुलिसिङ’ विस्तार गरिनेछ ।

यसैगरी, प्रविधिमा आधारित सेवाले अपराध नियन्त्रणलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउनुका साथै ‘प्रहरी–नागरिक’ सम्बन्धलाई अझ सुदृढ बनाउने र भन्सार छली, चोरी–तस्करी, सडक दुर्घटना र साइबर अपराध न्यूनीकरण तथा नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सूचना प्रविधिको क्षेत्रमा देखिएको विकाससँगै स्मार्ट पुलिसिङको अवधारणाबमोजिम प्रहरी सङ्गठन अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका स्मार्ट पुलिसिङ तथा अपराध अनुसन्धान विज्ञ प्रहरी निरीक्षक उज्ज्वल खड्काका अनुसार रुपन्देहीको मिलनचोक, कालिकानगर, योगीकुटी, मणिग्राम, कोटिहवा, बुद्धचोक, मायादेवी चोक, आँखा अस्पताल चोक, बसन्तपुर चोक र झुलनीपुरमा ‘सिआरभी’ बेस स्थापना गरी स्मार्ट सेवा सञ्चालन गरिने छ । यसैगरी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा स्थापना गरिने स्मार्ट पुलिस कन्ट्रोल रुम (एसपिसिआर) लाई आधुनिक प्रविधि प्रणालीसँग जोडिने छ ।

यसबाट प्रहरी टोलीको परिचालन, निगरानी, नियन्त्रण, कमाण्ड, सिसिटिभी अनुगमन, डिजिटल अभिलेखीकरण तथा प्रहरी प्रतिक्रियाको सम्पूर्ण व्यवस्थापन एउटै केन्द्रबाट म चौबीसँै घण्टा सञ्चालन गरिने प्रहरीले जनाएको छ । नेपाल प्रहरीले अघि सारेको स्मार्ट पुलिसिङ अवधारणाले साइबर अपराध, सीमापार अपराध, सङ्गठित अपराध, वित्तीय अपराध तथा आधुनिक सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्न कृत्रिम बौद्धिकता (एआई), डिजिटल सूचना प्रणाली, डाटा विश्लेषण र अनुसन्धान प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ ।

रुपन्देही प्रहरीका सूचना अधिकारी चन्दका अनुसार सिआरभी र एसपिआर प्रणालीले अपराध अनुसन्धानलाई थप वैज्ञानिक, प्रविधिमैत्री र प्रमाणमा आधारित बनाउने तथा कुनै अपराध, दुर्घटना, विपद् वा आकस्मिक घटनाको सूचना प्राप्त हुनासाथ सबैभन्दा नजिकको प्रहरी टोलीलाई डिजिटल प्रणालीमार्फत तत्काल परिचालन गरिने र घटनास्थलको सुरक्षा, प्रमाण संरक्षण, उद्धार तथा अनुसन्धानलाई एउटै प्रणालीमा जोडिने भएकाले सेवा प्रवाहमा गुणात्मक उपलब्धि हासिल भई प्रहरी र आमजनताबीचको सम्बन्ध अझ विश्वसनीय, सुदृढ र सुमधुर हुने छ ।