२२ असार २०८३, सोमबार
,
Latest
राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाममा कोरोना सङ्क्रमितको मृत्यु



अ+ अ-

डोटी । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार भारतबाट रोजगारी गरी हालै घर फर्किएका ती पुरुषको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो तथा रुघाखोकी लागेपछि बुधबार उनलाई बयलपाटा अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार कोरोना सङ्क्रमण देखिएपछि ती पुरुषलाई जिल्ला अस्पतालका आइसोलेशनमा राखेर उपचार शुरु गरिए पनि आज बिहान उनको मृत्यु भएको हो । दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी तथा अछाममा एक-एक जनाको मृत्यु भइसकेको छ । रासस