२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटकर जोडी आयुष र एलिजेको दुबईमा ईन्गेजमेन्ट



अ+ अ-

काठमाडौँ । चर्चित टिकटकर जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले ईन्गेजमेन्ट गरेका छन् । दुबईमा यी दुई जोडीले ईन्गेजमेन्ट गरेका हुन् । ईन्गेजमेन्टकै लागी भनेर केही दिन अघि नै आयुष दुबई उडिसकेका थिए ।

यी दुईको ईन्गेजमेन्टको क्लिप्सहरु अहिले टिकटकमा भाइरल भईरहेका छन् । दुवैले आफ्नो–आफ्नो अकाउन्टबाट ईन्गेजमेन्ट भएको जानकारी जनाएका छन् । एलिजे सधैँ बुर्कामा नै हुने भएकाले अहिलेसम्म उनको अनुहार ‘रिभिल’ भएको छैन ईन्गेजमेन्टको क्लिप्सहरुमा समेतएलिजेको अनुहार देखाईएको छैन ।

एलिजे पाकीस्तानी हुन भने आयुष नेपाली हुन् । यी दुईको भेट टिकटक लाईभमार्फत भएको थियो । लाइभबाटै यी दुई प्रेमसम्बन्धमा बाँधिएका थिए ।

आयुषलाई नै भेट्न भनी केही महिना अघि एलिजे आफ्नो परिवारसँगै नेपाल आएकी थिईन् । उनले नेपालका विभिन्न ठाउँहरु आयुषसँगै घुमेकी थिइन् ।