९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सरकारले जातिय द्वन्द्व गर्न उक्साइरहेको छ: सांसद सिंह

सरकारले जातिय द्वन्द्व गर्न उक्साइरहेको छ: सांसद सिंह
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सरकारले जातिय द्वन्द्वका लागि उक्साइरहेको बताउनुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सिंहले सरकारले नै जातिय द्वन्द्वका लागि उक्साइरहेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री स्वयंले जातिय लडाई लड्न आग्रह गरेको बताउनु भयो । उहाँले जनप्रतिनिधिले चाहेको भए धरानको घटनालाई रोक्न सक्ने भन्दै सरकार यस्तो घटनाहरुमा मौन बसेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले नेपाली–नेपालीका बीचमा काटमार गराउन खोजेको हो ? भन्ने प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो सरकारको नालायकीपनले हो । यो सरकारको उक्साउने, हामी छौँ लाग जातित्वको लडाईंमा लड् भनि स्वयं प्रधानमन्त्रीज्युले भन्नुभएको छ । जनप्रतिनिधिहरुले चाहेको भए रोक्न सक्थ्यो धरानको त्यो घटना । प्रतिवेदन सुनेर चुप लागेर मौन समर्थन गर्नुभयो । आज यो दिन आइराखेको छ । गाईलाई लक्षमीको रुपमा आमाको रुपमा लिइन्छ हाम्रो देशमा । खुलेआम वध गरिकन मिडियाबाट भोज भतेर मनाउँछौ हामी ७८ जिल्लामै काट्छौँ भनेर यो गर्दा सरकार चुप लागेर बस्छ ।’

सांसद सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टी धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम गर्ने पक्षमा रहेको र नेताहरुले सोही अनुसारका अभिव्यक्तिहरु दिइरहेका स्पष्ट पार्नुभयो ।