९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सरकारको कारण मुलुकमा अराजकता र अनुशासनहिनता बढ्यो: सचेतक बर्तौला

सरकारको कारण मुलुकमा अराजकता र अनुशासनहिनता बढ्यो: सचेतक बर्तौला
अ अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकार संविधान र कानून अनुसार हिँड्न नसकेका कारण मुलुकमा अराजकता बढेको बताउनुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले सरकार संविधान र कानून बमोजिम हिँड्न नसकेको बताउनुभएको हो ।

उहाँले सरकारले देशलाई स्थिरता र सुशासनतर्फ लान नसकेको पनि बताउनु भयो । उहाँले सरकारकै कारण देशमा अराजकता र अनुशासनहिनता बढेको बताउनु भयो । सचेतक बर्तौलाले स्वच्छन्दता र अराजकता बढेको कारणले गर्दा देशमा साम्प्रदायिक द्वन्द्व र हिंसाहरु भड्किन थालेको बताउनु भयो । प्रधानमन्त्रीले नै जातिय पहिचानको आधारमा राज्य निर्माण गरिदिने अभिव्यक्ति दिन थालेपछि त्यसको असर स्वरुप विभिन्न भड्कावहरु देखिन थालेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘मुख्य कुरा सरकार संविधान र कानून बमोजिम हिँड्न सकेन । सरकारको नालायकीपन हो । सरकारले देशलाई स्थिरतातर्फ, सुशासनतर्फ लाने सामथ्र्य राख्न सकेन । त्यसकारणले गर्दा यो समस्या आएको हो । किनभने सबैतिर अराजकता भयो । स्वच्छन्दता भयो । अनुशासनहिनता भयो । यसको कारण जनताहरुले जहाँ जे गरेपनि हुन्छ भन्ने ठाउँमा पुग्यो । जसको कारणले गर्दा साम्प्रदायिक द्वन्द्वहरु, हिंसाहरु भड्किन थाले । हामीमा जातिय, धार्मिक सद्भाव छ ।’

‘यस बमोजिम हामी अगाडी बढिरहेका थियौँ तर सरकारका प्रधानमन्त्री स्वयम् ०८४ सालको निर्वाचनको अहिल्यै भोट माग्दै, ०८४ सालमा हामीलाई बहुमत दिनुस्, हामी जातिय पहिचानको आधारमा राज्य निर्माण गरिदिन्छौँ भन्नुहुन्छ । त्यसको असर अर्को धर्ममा पर्छ । अर्को समुदायमा पर्छ । अर्को क्षेत्रमा पर्छ । एवम् रितले आगो विभिन्न हिसावले सल्किन थाल्यो । भुसको आगो सरह सल्किन थालेको छ । यसले समग्र देशको, हामी मिलेर बसेको समाजलाई नै असहजतातर्फ लान खोजेको चिन्ता व्यक्त गर्ने ठाउँमा हामीलाई पुर्‍याएको छ । यसको मुख्य कारण सरकार हो ।’

उहाँले सरकार संविधान र कानून अनुरुप हिडेर जवाफदेही बनेमा देशको अराजकता र अस्थिरता नियन्त्रण गर्न सकिने बताउनु भयो ।