९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पीडित परिवारले चाहेमा मात्रै कैद मिनाहा गर्न सकिने कानून बनाऔँ: महामन्त्री शर्मा

पीडित परिवारले चाहेमा मात्रै कैद मिनाहा गर्न सकिने कानून बनाऔँ: महामन्त्री शर्मा
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहे मात्र कैद मिनाहा गर्न सकिने कानून बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले पीडित परिवारका सदस्यहरुले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले पीडित परिवार दोषिलाई माफी दिन तयार भएमा राष्ट्रपति समक्ष पुगेर माफि दिन सकिने बताउनु भयो । तर परिवार पनि धम्कि र लोभका कारण माफी दिन तयार देखिन सक्ने खतरा रहेको औंल्याउँदै उहाँले नेपाली समाजमा यसो गर्न पनि सजिलो नहुने बताउनु भयो । उहाँले नेपालगञ्जका रिगल डन भनिने योगराज ढकाललाई माफी दिने सरकारको निर्णयलाई अदालतले वैद्यता दिनु नहुने बताउनु भयो । उहाँले अदालतले सो निर्णयलाई वैधता दिएमा दण्डहिनता बढेर जाने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अब हामीले कानून बनाउँदै गर्दाखेरी सरकार कांग्रेस, एमाले, माओवादी जुनसुकै दलको जहिल्यसुकै बनोस् अबको दशकमा देशले हिँड्दै गर्दाखेरी कसैलाई माफी दिने हो भने त्यो परिवारकै सदस्यलाई बोलाएर सोधौँ । त्यो परिवारको सदस्य के तयार छ त्यसमा माफि दिन ? माफी दिन तयार छ भने राष्ट्रपतिकोमा लिएर माफी दिउँ । माफि दिन परिवार तयार छैन भने त्यो अवस्थामा हामीले माफि दिने कुरा गलत हुन्छ । यद्यपी परिवार तयार हुने बित्तिकै माफी दिइहाल्नु पर्छ भन्ने कुरापनि फेरि हाम्रोजस्तो समाजमा सजिलो कुरो होइन । परिवारलाई धम्क्याइएको हुनसक्छ । लोभ्याइएको हुनसक्छ ।

जब दिन दहाडै खुडाले हानेर प्रहार गरेको मान्छे फूलमाला, अबिर लगाएर जुनसुकै राजनीतिक दलको आस्था राखेको मान्छे होस् फुलमाला लगाएर हिडेको देखिन्छ अनि नागरिकमा वितृष्णा हुँदैन ? नागरिकमा आवेग हुँदैन ? र त्यो आवेग कहिले राजनीतिक रुपमा भड्किन्छ । कहिले धार्मिक रुपमा भड्किन्छ । त्यसकारणले यो अहिले समाजमा भइरहेको वितृष्णा र समाजमा फैलिइरहेका विविध खाले आवेगलाई नियन्त्रण गर्न पहिला हामी नियन्त्रित हुनुपर्छ । सांसद, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म संयमित बन्नुपर्छ । अदालतमा विषय प्रवेश गरेको छ । अदालतले फैसला गर्दै गर्दाखेरी यसमा सकारात्मक ढंगको आदेश दियो भने त्यसले आगामी दिनमा यो प्रकारको घटनालाई निरुत्साहित गर्ने, नियन्त्रण गर्ने र सरकारलाई बाँध्ने कुरा बन्छ । तर अदालतले यसलाई माफि दिन पाउनेकुरालाई वैधता दियो भने यसले दण्डहिनतालाई बढाएर जान्छ । अदालतले यसलाई गम्भिरतापूर्वक केन्द्रमा राख्छ भन्ने कुरालाई आशावादी बनौँ र विश्वस्त बनौँ ।’

महामन्त्री शर्माले समाजमा हरेक क्षेत्रमा आवेश र असन्तुष्टि रहेको भन्दै यसले सामाजिक सद्भाव बिगार्न मद्दत पुगिरहेको बताउनु भयो । उहाँले सरकारले जिम्मेवारपूर्ण भएर काम गरे नागरिकको विश्वास आर्जन हुने र यस्तो घटनाक्रमहरु रोकिने बताउनु भयो । उहाँले संसदमा हुने सांसदहरुको प्रस्तुति पनि परिपक्व, संयम र जिम्मेवार बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सबै क्षेत्रमा आवेग छ । हरेक मान्छेलाई हरेकसँग किन हो किन रिस उठिराखेको छ । हरेक मान्छे हरेक मान्छेसँग असन्तुष्ट छ । हरेकसँग प्रश्न छ । गुनासो छ । तर बडा संयमतापूर्वक, आत्मियतापूर्वक सद्भावलाई कायम राख्नेभन्दा अर्को उपाय छैन । यो एउटा घटनाक्रम भन्दापनि प्रवृत्तिको रुपमा विकास हुनु हुँदैन । यसलाई कसरी हुन्छ समन्वयमा लिनुपर्छ । सरकारले गर्ने गतिविधिहरु जिम्मेवारपूर्ण ढंगको भएर आयो, सरकारले गर्ने कर्महरुले नागरिकमा विश्वासहरु सिर्जना गर्न थाल्यो । संसदमा हुने हाम्रा प्रश्तुतिहरुले परिपक्वता, संयम र जिम्मेवारी बनाउन थाल्यौँ त्यसको प्रभाव समाजमा पर्छ । रोष्टममा उभिएर विश्वप्रकाश शर्माले अत्यन्तै आवेगको अभिव्यक्ति राख्यो भने विश्वप्रकाशलाई समर्थन गरिरहेको पार्टीको सदस्यले त्यो आवेगलाई बढाएर लान्छ । घटाएर लाँदैन । त्यसकारण सरकारको गतिविधिहरुले, प्रतिपक्षको गतिविधिले यस्तो खालको कुरालाई बढाउने, राजनीतिकर्मीका कारणले बढाउने कुरालाई बल पुर्‍याएको छ कि ?’

महामन्त्री शर्माले राजनीतिकर्मीहरु आफ्नो अभिव्यक्ति राख्ने कुरामा सजग र सचेत हुनुपर्ने बताउनु भयो ।