१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा



अ+ अ-

काठमाडौँ । फूटबल वर्ल्ड कप २०२६ क्वालिफायर्स एसिया जोन राउण्ड-१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रङ्गशालामा हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले उक्त जानकारी दिएको हो । फिफा वरियतामा लाओस एक सय ८६औँ र नेपाल एक सय ७५औँ स्थानमा छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसको प्रशिक्षणमा हाल २५ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा रहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

छनोट खेलका लागि एन्फाले सम्पूर्ण तयारी गरिसकेको पनि उहाँले बताउनुभयो । खेलको ‘कमर्सियल मिडिया राइट’ सिङ्गापुरस्थित स्पोर्टस फाइभलाई प्रदान गरिएको छ ।

खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ रु तीन सय र भिआइपी पाराफिटतर्फ रु पाँच सय कायम गरिएको छ । खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने छ । सो प्रतियोगिताका लागि रु ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ । रासस