• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ?

चलचित्र ‘वानर सेना’ प्रदर्शनमा



काठमाडौँ । नेपाली चलचित्र ‘वानर सेना’को प्रिमियर शो भएको छ ।

शुक्रवार काठमाडौंमा प्रिमियर शो भएको हो । चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शनमा आएको हो । चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण छ ।

अर्पण गिरीले निर्देशन गर्नुभएको चलचित्रमा उहाँसँगै आरजु प्रसाईं, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किसनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साह, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको प्रिमियर शोपछि बोल्दै अभिेनता एवं शोभित बस्नेतले सम्पूर्ण नेपाली चलचित्रलाई आफूले मन पराउने र नेपाली चलचित्रलाई साथ र सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।

निर्देशक गिरीले नै लेख्नुभएको चलचित्रमा विनोद सापकोटाको छायाङ्कन, जोन तामाङको सङ्गीत, प्रविण ढकालको रङ्ग संयोजन, नारायण रिजालको नृत्य निर्देशन, शङ्कर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र युवराज गिरीले निर्माण गर्नुभएको हो ।